पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायक (कम्प्युटर) हिरालाल यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।१०।०४ गते।
------------------------------------------

पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायक (कम्प्युटर) हिरालाल यादवको शैक्षिक योग्यताको प्रमाण-पत्र आवश्यक छानविनको लागि पठाइएको भन्नेसमेत व्यहोराको पूर्वाञ्चल विश्वविद्यालयको प्राप्त पत्र/उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निज हिरालाल यादवले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ मेडिकल एण्ड एलाईड साईन्सेज (PUCMAS) मा मुख्य सहायक कम्प्युटर पदमा अस्थायी नियुक्ति तथा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट, विराटनगर (PUSOM) मा स्थायी नियुक्ति पाउनका लागि भारतको केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सि.वि.एस.ई.) CBSE, अन्तर्गत महाराजा अग्रसेन पब्लिक स्कूल अशोक विहार न्यू दिल्लीबाट जारी भएको देखिएको प्रवीणता प्रमाण-पत्र वा सो सरहको झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाण-पत्र पेस गरी मुख्य सहायक (कम्प्युटर) पदको सेवा, सुविधा उपभोग गरेको पुष्टि भएकोले निज हिरालाल यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 


 
प्रवक्ता
नरहरि घिमिरे

Notification of charge sheet Notification of charge sheet
  

Other Press Release

हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/07
अन्नपूर्ण माध्यमिक विद्यालय डोल्पाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढा र प्रधानाध्यापक नरदेव रोकायासमेत १४ जना र निर्माण सेवा उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/06
जिल्ला मकवानपुर, थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीसमेत ६ जना र ट्रेडर्स प्रा.लि.उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/06
धनौजी गाउँपालिका धनुषाका तत्कालीन अध्यक्ष बद्री नारायण सिंह, उपाध्यक्ष रामबति देवी मंडल, प्रमुख प्रशासकीय अधिकृतसमेत ९ जना र कन्स्ट्रक्सन प्रा.लि. उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/04
जिल्ला प्राविधिक कार्यालय दुनै डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियारसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/03