जिल्ला चितवन, बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत तत्कालीन प्रशासनतर्फ बरिष्ठ सहायक कमला अधिकारी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।१०।११ गते।
------------------------------------------

जिल्ला चितवन, बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा प्रशासनतर्फ बरिष्ठ सहायक पदमा कार्यरत कमला अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला चितवन, बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा कार्यरत कमला अधिकारीले प्रशासनतर्फ बरिष्ठ सहायक पदमा बढुवा प्रयोजनको लागि प्रमाणपत्र तहको झुट्टा (नक्कली) शैक्षिक योग्यताको प्रमाणपत्र (Transcript) पेश गरी पदोन्नती भएको पाइएकोले निज उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई  आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

 
प्रवक्ता
नरहरि घिमिरे

 

Notification of charge sheet Notification of charge sheet
  

Other Press Release

कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03