जिल्ला दैलेख, गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढासमेत १४ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।१०।२७ गते।
------------------------------------------
 
जिल्ला दैलेख, गुराँस गाउँपालिका-०६ स्थित भिउचुला देखि पुलिया सडक निर्माण कार्यमा लागत अनुमान अनुसार काम नगरी नक्कली बिल भरपाई बनाई रकम हिनामिना गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला दैलेख, गुराँस गाउँपालिका-०६ स्थित भिउचुला-बगौरा-पुलिया सडक योजनाको कार्य निर्माण व्यवसायीलाई जिम्मा दिने गरी योजना राखी आफूखुसी उपभोक्ता समिति खडा गरी/गराई वदनियतपूर्वक उपभोक्ता समितिलाई जिम्मा दिएको देखाई उक्त उपभोक्ता समितिले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ समेतको प्रचलित कानूनी व्यवस्था विपरीत निर्माण व्यवसायीलाई जिम्मा दिई नक्कली बिल भरपाई तयार गरी/गराई, योजनामा बढी मूल्याङ्कन समेत गराई भुक्तानी दिई/लिई प्रतिवादी राष्ट्रसेवकहरूसमेतले आफू तथा उपभोक्ता समितिका पदाधिकारीहरूलाई गैरकानूनी लाभ पुर्‍याउने र गाउँपालिकालाई गैरकानूनी हानिनोक्सानी पुर्‍याउने बदनियतले भुक्तानी दिने/लिने कार्य गरे/गराएबाट निज प्रतिवादीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ र दफा १९ को उपदफा (२) बमोजिमको कसूरजन्य कार्य भएको हुँदा उल्लिखित भ्रष्टाचार कसुरमा संलग्न प्रतिवादीहरूउपर देहाय बमोजिमको सजाय र बिगो बमोजिमको जरिवाना सजाय गरी विगो जफत/असुल उपर हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
 
प्रवक्ता
नरहरि घिमिरे
 

Notification of charge sheet Notification of charge sheet
  

Other Press Release

जिल्ला प्राविधिक कार्यालय दुनै डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियारसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/03
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका तत्कालीन कार्यालय प्रमुख, बरिष्ठ पशु बिकास अधिकृत डा. प्रभात झासमेत ३ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/25
प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत (अधिकृतस्तर छैटौं) शंकर प्रसाद सुवेदीसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानीनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/23
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा, तत्कालीन सदस्य सचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा समेत १४ जना र दुई कम्पनी उपर पशुपति क्षेत्र विकास कोष/सार्वजनिक संस्थाको सम्पत्ति हिनामिना/हानीनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/22