कोशी अस्पताल, विराटनगरमा रेडियोग्राफर पदमा कार्यरत जितेन चौधरी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।११।२० गते।
------------------------------------------

कोशी अस्पताल, विराटनगरमा CT Scan Department मा कार्यरत जितेन्द्र भनिने जितेन चौधरीको B.Sc. तहको शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कोशी अस्पताल, विराटनगरमा कार्यरत जितेन चौधरीले नेपाल स्वास्थ्य व्यवसायी परिषद्‍को सदस्य हुन राजिभ गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स, कर्नाटकबाट जारी भएको BSc. MIT Reg No 09E1958, PDC/Degree Certificate No o147294, को झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी कोशी अस्पताल, विराटनगरमा रेडियोग्राफर पदमा मिति २०७२/१०/०१ गते नियुक्ति लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेकोले निज जितेन चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

 

प्रवक्ता
नरहरि घिमिरे

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

अन्नपूर्ण माध्यमिक विद्यालय डोल्पाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढा र प्रधानाध्यापक नरदेव रोकायासमेत १४ जना र निर्माण सेवा उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/06
जिल्ला मकवानपुर, थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीसमेत ६ जना र ट्रेडर्स प्रा.लि.उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/06
धनौजी गाउँपालिका धनुषाका तत्कालीन अध्यक्ष बद्री नारायण सिंह, उपाध्यक्ष रामबति देवी मंडल, प्रमुख प्रशासकीय अधिकृतसमेत ९ जना र कन्स्ट्रक्सन प्रा.लि. उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/04
जिल्ला प्राविधिक कार्यालय दुनै डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियारसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/03