जिल्ला सर्लाही, चक्र जनता शहीद गंगा माध्यमिक विद्यालय, बरहथवा, सर्लाहीमा कार्यरत शिक्षक पवन कुमार बुढाथोकी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।१२।०३ गते।
------------------------------------------

जिल्ला सर्लाही, बरहथवा नगरपालिका स्थित श्री चक्र जनता शहीद गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक पवन कुमार बुढाथोकीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज पवन कुमार बुढाथोकीले श्री महेन्द्र माध्यमिक विद्यालय चन्द्रपुर, रौतहटमा निम्न माध्यमिक शिक्षक तृतीय पद नियुक्तिको लागि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु, काठमाडौंबाट जारी भएको प्रवीणता प्रमाण-पत्र तह (PCL) तहको लब्धाङ्क पत्र (Transcript) को झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको ओहदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको हुँदा निज पवन कुमार बुढाथोकीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा हाल प्रचलित  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२, दफा २९ बमोजिम र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

जिल्ला धनुषा, सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, वडा अध्यक्षसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/14
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09