जिल्ला बझाङ्ग, खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्क बहादुर रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी, गलत लिखत तयार एवं सरकारी कागजात नोक्सान गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।१२।१३ गते।
------------------------------------------

जिल्ला बझाङ्ग, खप्तडछान्ना गाउँपालिका वडा नं. ४ स्थित सिम्लका घट्ट सिंचाई कुलो निर्माणमा अघिल्लो आ.ब.२०७६।०७७ मा रकम विनियोजन गरी कार्यसम्पन्न भएको र सोही कामलाई आधार मानी आ.ब.२०७७।०७८ मा कुनै पनि काम नगरी भुक्तानी लिई अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला बझाङ्ग, खप्तडछान्ना गाउँपालिका वडा नं. ४ स्थित सिम्लका घट्ट सिंचाई योजनाको आ.ब. २०७६।०७७ मा बार्षिक बजेट विनियोजन भई फिल्डमा कार्य सम्पन्न भइसकेको, आ.ब. २०७७।०७८ को बार्षिक योजना किताबमा उक्त सिम्लका घट्ट सिंचाई योजना नरहेको र फिल्डमा कुनै कामसमेत नभएकोमा पहिले नै सम्पन्न भइसकेको योजनालाई आ.ब. २०७७।०७८ मा उक्त योजनाको उपभोक्ता समिति र गाउँपालिका बीच सम्झौता, लागत अनुमान, प्राविधिक मूल्याङ्‍कनसहितको Measurement book, valuation sheet and work completion report समेतका गलत लिखत तयार गर्ने/गराउने कार्य गरी सोही गलत लिखतको आधारमा उपभोक्ता समितिलाई भुक्तानीको लागि सिफारिस गरेको, योजना नै नरहेको कामको लागत अनुमान, सम्झौता पत्र, नापी किताब, कार्य सम्पन्न प्रतिवेदन लगायतका गलत लिखत कागजातहरु लुकाउने छिपाउने बदनियतले च्याते/च्यात्न लगाएको र झुट्टा बिल भरपाईको आधारमा रु.१४,०८,८१७।- रकम भुक्तानीको लागि चेकसमेत दिए लिएको देखिएबाट उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरु उपर देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09
हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/07
अन्नपूर्ण माध्यमिक विद्यालय डोल्पाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढा र प्रधानाध्यापक नरदेव रोकायासमेत १४ जना र निर्माण सेवा उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/06