जिल्ला कास्की, पोखरा म.न.पा. वडा नं. २७ का तत्कालीन वडा सचिव प्रभात लामिछानेसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।१२।१४ गते।
------------------------------------------

जिल्ला कास्की, पोखरा म.न.पा. वडा नं. २७ का वडा सचिव प्रभात लामिछानेले सेवाग्राहीसँग जन्म दर्ता र अन्य कागजातमा जन्म मिति सच्याउनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरी निजले भने बमोजिमको व्यक्तिको बैंक खातामा सेवाग्रहीले घुस/रिसवत वापत रु.२,५०,०००।- जम्मा गरेको र उक्त रकम लिएको निज वडा सचिवले स्वीकारसमेत गरेको हुँदा निजलाई कारबाही हुन भन्ने पत्र, उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज प्रभात लामिछानेले प्रतिवादी दिनेश लामिछानेको पहिले नै दिनेश दयालु लामिछाने नामबाट जन्म दर्ता, जन्म मिति कायम गरी दर्ता भईसकेको अवस्थामा पुन: दिनेश लामिछानेको नाममा जन्म मिति र जन्म दर्ता राखी आफूले निर्वाह गर्नुपर्ने पदीय अधिकारको दुरुपयोग गरी दिनेश लामिछानेको नाम, जन्म दर्ताको मिति, एकै व्यक्तिको फरक-फरक दोहोरो जन्मदर्ता समेतका विवरण झुट्टा गलत लिखत (दोहोरो जन्म दर्ता) तयार गरी दिने प्रयोजनार्थ प्रतिवादी दिनेश लामिछानेसँग घुस/रिसवत माग गरी निजले भने बमोजिमको व्यक्तिको बैंक खातामा घुस/रिसवत रु.२,५०,०००।–दाखिला गरी गर्न लगाई उक्त रकम निज प्रभात लामिछानेले आफ्नो बैङ्क खातामा पठाउन लगाई प्राप्तसमेत गरेको देखिएकोबाट उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरू उपर देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

जिल्ला कास्की, पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नं ०९ का वडा सदस्य भावना श्रेष्ठसमेत २ जना उपर घुस/रिसवत लिई/दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/18
जिल्ला मुगु, सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर, वडा अध्यक्षसमेत १२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/17
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, भृकुटीमण्डप, काठमाण्डौंका निर्देशक (सि.डि.ई.) सचिन्द्र कुमार यादव उपर बिगो ९६,८५,५५३।१९ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/14
भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत २ जना उपर बिगो रु. २४,५०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/13