प्रतिवादी इच्छाकुमार श्रेष्ठसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।१२।२५ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भूमिगत जलश्रोत तथा सिँचाइ विकास डिभिजन बुटवलका डिभिजन प्रमुख इच्छाकुमार श्रेष्ठ र इन्जिनियर सन्तोषकुमार दास समेतका प्रतिवादीहरु उपर आ.ब. २०७४।०७५ मा नवलपरासी जिल्लाको सरावाल गाउँपालिका पेटवनिया डिप ट्युवेल-३ मा OH tank and Pump house, MS Fittings, Washout box, Surgeriser,Outlets Upvs pipe निर्माण कार्यमा जडान नै नभएका समानहरु उल्लेख गरी भुक्तानी भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१)(ग) र (ङ) बमोजिमको कसुरमा रू.१,२०,०००।- बिगो कायम गरी सोही ऐनको दफा ८(१) बमोजिम  कैद र जरिवानाको सजाय हुन र उक्त विगो सोही ऐनको दफा ८(१) बमोजिम असुलउपर हुन साथै भ्रष्टाचार निवारण ऐन, २०५९ दफा १९(२) बमोजिमको कसूरमा सोही ऐनको दफा १९(२) बमोजिम सजायसमेत हुन विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८०।११।२३ को फैसलाबाट सफाई दिएकोमा उपरोक्त फैसलाउपर मिति २०८१।१२।२५ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ।
 
प्रवक्ता
राजेन्द्र कुमार पौडेल 

पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन आरोपपत्र पुनरावेदन आरोपपत्र
  

Other Press Release

प्रतिवादी अमरेन्द्र कुसियैतसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2025/07/27
प्रतिवादी रमेश बहादुर दाहालसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2025/07/25
प्रतिवादी सुरेश साह सोनारसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2025/07/23
प्रतिवादी सुनिल पौडेलसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2025/07/23
प्रतिवादी सरोज कुमार सिंहसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2025/07/23