प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामका तत्कालीन निर्देशक डा. श्रवण कुमार मिश्र, सेभेन हिल्स प्रा.लि.का सञ्चालक अनिल शाह समेत ८ जना र सेभेन हिल्स प्रा.लि. उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०१।१४ गते।
------------------------------------------

मधेस प्रदेश, सामाजिक विकास मन्त्रालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामबाट २०७९/०८० मा मधेस प्रदेश स्थित ७२ वटा स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द्र) स्थापनाको लागि भएका खरिद सम्झौताहरु मध्ये Contract No: Re-PPHL2/G/NCB/02/2079-80 मा सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मा भएको व्यवस्था बमोजिम मेडिकल सामाग्री, इक्विप्मेन्ट, फर्निचर र IT पूर्वाधार खरिद प्रयोजनार्थ बजेट माग गर्नुपूर्व सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन, लाभ-लागत बिश्लेषण, उपयुक्त खरिद बिधिसमेतको अध्ययन बिश्लेषण हुनुपर्नेमा सो नगरी बजेट माग गरे गराएको, स्पष्ट आधार, कारण र औचित्यता बिना एउटा शीर्षकलाई दुई वटा ठेक्कामा टुक्र्याई खरिद गरेको, कुन कुन स्थानीय तहमा के कति जनसंख्या र बिरामीको चाप रहेको छ सो विश्लेषण नै नगरी खरिद कार्य गरे गराएको, खरिद गरिएका उपकरणहरु कुन कुन पालिकाका हुन भन्ने यकिन हुन नसकेको, खरिद कार्यमा एक आपसमा सम्बन्ध तथा Conflict of Interest रहेका फर्महरुबाट दररेट पेश गर्न लगाई सोही दररेटको आधारमा लागत अनुमान स्वीकृत गरेको, स्वीकृत भएको लागत अनुमान बमोजिमको हाराहारीमा नै बोलपत्र पेश गरी सेभेन हिल्स प्रा.लि., सिनामंगल,काठमाडौँ मार्फत लागत अनुमान भन्दा ५.७४% मात्र घटी रकम कवोल गरी गराई ठेक्का प्राप्त गरी सम्झौता समेत गरेको, सम्झौताको शर्तहरु विपरीत स्वीकृत स्पेसिफिकेशनमा उल्लिखित भन्दा कम फिचर भएका, स्पेसिफिकेशन भन्दा फरक र कम मूल्यका गुणस्तरहीन मालसामान खरिद गरेको देखिंदा देखिदै जानी जानी उक्त मालसामान स्पेसिफिकेशन बमोजिम नै रहेको भनी बदनियतपूर्व गलत Post Delivery Inspection प्रतिवेदन पेस गरी रु.६,०५,११,५००।- भुक्तानी गरे/गराएको पुष्टि भएको हुँदा भ्रष्टाचारजन्य कसूरमा संलग्न देहायका प्रतिवादीहरुलाई देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

 

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

 

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09
हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/07
अन्नपूर्ण माध्यमिक विद्यालय डोल्पाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढा र प्रधानाध्यापक नरदेव रोकायासमेत १४ जना र निर्माण सेवा उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/06