जिल्ला सिरहा, महावीर मा.वि. चैनपुरमा कार्यरत शिक्षक टिक बहादुर मगर उपर अध्यापन अनुमतिपत्र झुट्टा/नक्कली सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०१।१६ गते।
------------------------------------------

जिल्ला सिरहा, महावीर मा.वि. चैनपुरमा कार्यरत शिक्षक टिक बहादुर मगरले उक्त विद्यालयको मा.वि. तहमा नियुक्ति हुनका लागि झुट्टा अनुमतिपत्र पेश गरी भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज टिका भन्ने टिक बहादुर मगरले शिक्षक सेवा आयोगवाट जारी भएको नि.मा.वि. तहको अध्यापन अनुमति पत्रलाई मा.वि. तहको बनाई पटक पटक झुट्टा कागजात पेश गरी हालसम्म कार्यरत रही राष्ट्रसेवक कर्मचारीको रुपमा ओहदा, लाभ र सुविधा समेत प्राप्त गरेको देखिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ।


प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

जिल्ला मुगु, सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर, वडा अध्यक्षसमेत १२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/17
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, भृकुटीमण्डप, काठमाण्डौंका निर्देशक (सि.डि.ई.) सचिन्द्र कुमार यादव उपर बिगो ९६,८५,५५३।१९ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/14
भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत २ जना उपर बिगो रु. २४,५०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/13
कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08