बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसमेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी, हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०३।०५ गते।
------------------------------------------
 
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का कार्यकारी निर्देशकले बिना प्रक्रिया परिषद्‍को रकम खर्च गरेको, स्करपियो गाडी खरिद गरी बिक्री गर्दा अनियमितता गरेको भन्नेसमेत व्यहोराको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा प्रतिवादी बलराम ठाकुर बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍को कार्यकारी निर्देशकको पदमा मिति २०७५।०८।०५ देखि मिति २०७९।०८।०४ सम्म कार्यरत अवधिमा निज प्रतिवादी बलराम ठाकुरले अन्य प्रतिवादीहरुसँगको आपसी मिलेमतो तथा योजनामा निजी प्रयोग प्रचलनको लागि बा १३ च २०३७ नम्बरको स्कर्पियो गाडी खरिदको लागि बैना दिए लिएको एक वर्ष पश्चात निजले श्रीमती इन्दुलेखा कुमारी ठाकुरको नाममा उक्त गाडी यातायात कार्यालयबाट नामसारी गरे गराएको देखिएकोमा निज बलराम ठाकुरले गाडी नं. बा.१६ च ६४७ को गाडी धनी मुकेश यादवसँग गाडी भाडामा लिन सम्झौता गरेको देखाई गाडी भाडा भुक्तानीको लागि निवेदन, सम्झौता लगायतको गलत लिखत तयार गरी गराई निज मुकेश यादवको नाममा रु.१०,००,०००।– चेक काटेको देखाई निज बलराम ठाकुरले श्रीमतीको नाममा खरिद गरेको गाडी विक्रेताको बैंक खातामा गैरकानूनी रुपमा रु.१०,००,०००।-भुक्तानी गरे गराएको। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया
 
 

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03