पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा, तत्कालीन सदस्य सचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा समेत १४ जना र दुई कम्पनी उपर पशुपति क्षेत्र विकास कोष/सार्वजनिक संस्थाको सम्पत्ति हिनामिना/हानीनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०३।०८ गते।
------------------------------------------

पशुपति क्षेत्र विकास कोषले मिति २०८०।०३।०५ मा प्रकाशित सुचना अनुसार Contract No. PADT/NCB/GOODS/2079-080/T4 अनुरुपको कार्यको लागि आव्हान गरिएको बोलपत्रको मूल्यांकनमा प्रतिस्पर्धा सिमित गराएको भन्ने समेत व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलन कुमार थापासमेतका प्रतिवादीहरुको आपसी मिलोमतो तथा योजनामा आफूहरुलाई लाभ र पशुपति क्षेत्र विकास कोष/सार्वजनिक संस्थालाई हानि नोक्सानी पुर्‍याउने वद्‍नियतले कोषमा भएका पूर्व अनुभव र कागजातहरुको प्रयोग समेत नगरी पशुपति क्षेत्र विकास कोषको लागि Fixing of New Cremation Machine को लागि Conceptual plan (2D and 3D), Architectural design and drawings and estimate and Specification सहितको प्रतिवेदन दिने कार्य गराउन सोझै खरिद सम्बन्धी व्यवस्था अन्तर्गत रही ३ (तिन) वटा कम्पनीबाट दररेट माग गरी Apple Engineering Professional Consultancy Pvt. Ltd.लाई कार्यादेश दिइ परामर्श सेवा खरिद गरि मिलेमतोमा सम्बन्धित कार्यमा अनुभव नै नभएको परामर्शदाताबाट फर्जी कोटेशन तयार गरी गराई सोही फर्जी कागजात प्रयोग/संलग्न गरी गराई बढी लागत अनुमान र Technical Specification समेत आफू अनुकूलको कम्पनीलाई मात्र मिल्ने गरी तयार गरी गराई कार्यसूची (ToR)  अनुसारका प्राविधिक विज्ञ समेतलाई अध्ययनमा संलग्न नगरी नगराई नक्कली विज्ञ खडा गरी गराई तथ्य तथ्यांक समेत विश्लेषण नगरी पेश गरे गराएको अपूर्ण र गलत प्रतिवेदन स्वीकार गरी परामर्शदाताबाट विलविजक जारी हुनुपूर्व नै भुक्तानी समेत स्वीकृत गरी राज्यको सम्पत्ति हानी नोक्सानी गरे गराएको, सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७ को उपदफा (३) को खण्ड (ख) विपरित सार्वजनिक खरिद अनुगमन कार्यालय  (PPMO) ले तयार गरेको नमूना बोलपत्र सम्बन्धी कागजात (Standard Bidding Document) मा सारभूत रुपमा फरक पर्ने गरी तोकिएको अनुभव सम्बन्धी मापदण्ड विपरित आवश्यकता भन्दा बढी अनुभवको मापदण्ड राखी राख्न लगाई प्रतिस्पर्धालाई सीमित गरी गराई खरिद प्रक्रियामा सहभागी हुने समान अवसरलाई वञ्चित गरी गराई Map Entrepreneurs Pvt. Ltd. लाई मात्र ठेक्का प्रक्रियामा सहभागी गराउने दुराशय राखी योग्यता निर्धारण सम्वन्धी प्रावधान/मापदण्ड राखी बोलपत्र आव्हान गरे गराएको, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९ र नियम ११ मा उल्लेख गरेका प्रावधान र आधार विपरीत भा.रु ३२ लाख ५० हजार पर्ने शवदाह मेशीनलाई ने.रु. १ करोड ५२ लाख पर्ने देखाई एवं प्रचलित कानूनले दिएको छुट समेत लागत अनुमानमा जोडेर अस्वभाविक रुपले बढी लागत अनुमान तयार गरे गराईएको, जडान गर्ने स्थान समेत यकिन नगरी साथै जडान गर्ने स्थानको व्यवस्थापन समेत नगरी ठेक्का प्रक्रिया अगाडी बढाइ, सारभूत रुपमा फरक पर्ने गरी उल्लेख्य मात्रामा बोलपत्रमा प्राविधिक विवरणहरु संशोधन गरी गराई विना कारण सो संशोधन रद्द गरी सोमा जालझेल गरी, सम्बन्धित कार्यमा अनुभव नै नभएको Map Entrepreneurs Pvt. Ltd. लाई बोलपत्रमा माग भएको समान प्रकृतिको कार्य गरेको अनुभव सम्बन्धी कागजात समेत पेश नगरी अन्य कार्यको अनुभव पेश भएकोमा समेत सोलाई समान प्रकृतिको कार्यानुभवमा मूल्यांकन गरी गराई सार्वजनिक खरिद ऐन, २०६३ को दफा २३ का आधारहरुलाई पालना नगरी नगराई सारभूतरुपमा प्रभावग्राही नरहेको बोलपत्र समेत स्वीकृत गरी गराई ठेक्का लगाई रु. १,८२,००,०००।०० (अक्षेरुपी एक करोड बयासी लाख मात्र) पेश्की भुक्तानी (Advance Payment) समेत गरी/गराई, सम्झौता भन्दा बढी र असम्बन्धित व्यक्तिहरुलाई विदेश भ्रमण समेत पठाइ, मेशीनको विस्तृत रुपमा चेकजाँच नगरी नगराई, कैफियत देखिदा समेत जडान भएको मेशीन सम्झौता बमोजिमको नै रहेको भनि ठेक्का सम्झौताको म्याद समाप्त भएको र कार्यसम्पन्न समेत नभएको अवस्थामा प्रथम बिल रकम भुक्तानी समेत स्वीकृत गरी गराई, कम गुणस्तरको मेशीन समेत स्वीकार गरी गराई, ठेक्का बमोजिमको कार्य सम्पन्न नगरी नगराइ ठेक्का अलपत्र पारेर ठेक्का सम्झौताको म्याद तथा पेश्की जमानतको (APG) म्याद समाप्त भैसकेको अवस्थालाई समेत नजरअन्दाज गरी सो सम्बन्धमा कुनै कानुनी कारवाही नगरी/नगराई जडान भएका २ थान शवदाह मेशीनमा पटक पटक समस्या आई न्यून गुणस्तरको मेशिन जडान भएको स्पष्ट भई उद्देश्य बमोजिम संचालनमा नआउदासम्म पनि कानुनी कारवाहीको प्रक्रिया अगाडी नबढाई ठेक्का प्रक्रियालाई अलपत्र बनाएर सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ अनुसार ठेक्का सम्झौता अन्त्य तथा सोही ऐनको दफा ५२क र सार्वजनिक खरिद नियमावली,२०६४ को नियम ११३ को उपनियम (६) बमोजिम पेश्की समेत फर्छ्यौट नगरी/नगराई पेश्की जमानत (APG) जफतको प्रक्रियामा प्रवेशनै नगरी नगराई उक्त पेश्की रकम बैक ग्यारेण्टी मार्फत असुल उपर हुन नसक्ने अवस्थासमेत सृजना गरी समयमानै मर्मत संभार समेत नगरी नगराइ हाल संचालनमा समेत नरहेको देखिन आएकोबाट प्रतिवादीहरुको आपसी मिलोमतो र संलग्नतामा तल तालिका नं. १ मा प्रस्तुत गरिए बमोजिमको कार्यकसूर गरी गराई सार्वजनिक संस्था/पशुपति क्षेत्र विकास कोषलाई ठेक्का सम्झौता रकम रु.१०,३३,९१,०३०।३१ (अक्षेरुपी दश करोड तेत्तिस लाख एकानब्बे हजार तिस रुपैया एकतिस पैसा मात्र) हिनामिना हानिनोक्सानी दुरुपयोग गरे गराएको प्रतिवादीहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर भएको हुँदा उल्लिखित कसुरजन्य कार्यमा संलग्न प्रतिवादीहरू उपर देहाय बमोजिमको सजाय हुन मागवादी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

 

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/07
अन्नपूर्ण माध्यमिक विद्यालय डोल्पाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढा र प्रधानाध्यापक नरदेव रोकायासमेत १४ जना र निर्माण सेवा उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/06
जिल्ला मकवानपुर, थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीसमेत ६ जना र ट्रेडर्स प्रा.लि.उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/06
धनौजी गाउँपालिका धनुषाका तत्कालीन अध्यक्ष बद्री नारायण सिंह, उपाध्यक्ष रामबति देवी मंडल, प्रमुख प्रशासकीय अधिकृतसमेत ९ जना र कन्स्ट्रक्सन प्रा.लि. उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/04
जिल्ला प्राविधिक कार्यालय दुनै डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियारसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/03