आन्तरिक राजस्व कार्यालय, महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान रु. ३०,०००।– घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७९।०४।१८ गते ।
----------------------------------------------------

आन्तरिक राजस्व कार्यालय, महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानले कम्प्युटर बिलिङको सफ्टवयर स्वीकृतिको लागि सेवाग्राहीसँग रु.३०,०००।– घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज विन्दु श्रेष्ठ प्रधानलाई सेवाग्राहीबाट रु.३०,०००।- (तीस हजार रुपैयाँ) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित काठमाडौं महानगरपालिका वडा नं. २, स्थित आन्तरिक राजस्व कार्यालय महाराजगंजबाट मिति २०७९।०४।१८ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
श्याम प्रसाद भण्डारी

 

Download