बारम्बार सोधिने प्रश्नहरू

उजुरीमा घटनाको स्पष्ट विवरण, सम्बन्धित व्यक्ति वा निकायको नाम र पद, घटनाको मिति तथा स्थान, भ्रष्टाचारजन्य कार्यको प्रकृति र उपलब्ध प्रमाण समावेश गर्नु उपयुक्त हुन्छ। सम्भव भएसम्म कागजात, फोटो, भिडियो, अडियो वा अन्य सान्दर्भिक प्रमाणसमेत पेश गर्न सकिन्छ। उजुरीमा तथ्यपरक र सत्य विवरण उल्लेख गर्नुपर्छ।

आयोगमा उजुरी अनलाइन पोर्टल, इमेल, फेसबुक, भाइबर, टेलिफोन, हुलाक वा आयोग तथा मातहतका कार्यालयमा भौतिक रूपमा उपस्थित भई पेश गर्न सकिन्छ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको, घुस वा रिसवत लिएको, गैरकानुनी लाभ वा हानि पुर्‍याएको, सार्वजनिक सम्पत्तिको हिनामिना गरेको वा प्रचलित कानुनबमोजिम भ्रष्टाचारजन्य कसुर मानिने कार्य गरेको विषयमा आयोगमा उजुरी दिन सकिन्छ।