श्री नवयुवक आधारभूत विद्यालय, थुम्हौना, धनुषामा कार्यरत राहत शिक्षक सीता कुमारी यादव उपर शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०४।०७ गते।
------------------------------------------

श्री नवयुवक आधारभूत विद्यालय, थुम्हौना, धनुषामा कार्यरत राहत शिक्षक सीता कुमारी यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज सीता कुमारी यादवले साबिक श्री नवयुवक जनता प्राथमिक विद्यालयमा प्रा.वि. तहको अस्थायी राहत शिक्षक दरबन्दीमा नियुक्ति हुँदा बिहार संस्कृत शिक्षा बोर्ड, पटना, भारतबाट मध्यमा तह उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको हैसियतमा लाभ लिई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा निज सीता कुमारी यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

जिल्ला कैलाली, मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्दसमेत ८ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/19
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनीउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/12
नेपाल चिया बिकास निगम लिमिटेड बिर्तामोड, झापाका तत्कालीन सिनियर एकाउन्टेन्ट संजय बिलोटियासमेत ४ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/10
राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/10
जिल्ला महोत्तरी, जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, उप-प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसमेत १२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/09