ग्रामिण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई झापाका आयोजना व्यवस्थापक (सि.डि.ई.) हुतराज चौहान, इन्जिनियर धर्मेन्द्र कुमार झा, इन्जिनियर रविन्द्र कुमार शर्मा र लेखापाल हिमाल पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०४।०७ गते।
------------------------------------------

ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई, झापामा कार्यरत आयोजना व्यवस्थापक (सि.डि.ई.) हुतराज चौहान, इन्जिनियर रविन्द्र कुमार शर्मा र लेखापाल हिमाल पौडेलले सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निजहरु आयोजना व्यवस्थापक (सि.डि.ई.) हुतराज चौहान, इन्जिनियर रविन्द्र कुमार शर्मा र लेखापाल हिमाल पौडेललाई सेवाग्राहीबाट रु.४,००,०००।- (चार लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा ग्रामिण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई झापाका आयोजना व्यवस्थापक (सि.डि.ई.) हुतराज चौहान, इन्जिनियर धर्मेन्द्र कुमार झा, इन्जिनियर रविन्द्र कुमार शर्मा र लेखापाल हिमाल पौडेलसमेतको मिलेमतोमा सडकको निर्माण कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानिको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरी इन्जिनियर रविन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेलले घुस/रिसवत बापत रु.४,००,०००।– लिएको पुष्टि हुन आएकोले ग्रामिण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई, झापाका इन्जिनियर रविन्द्र कुमार शर्मा र लेखापाल हिमाल पौडेलको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निज रविन्द्र कुमार शर्मा र हिमाल पौडेललाई बिगो रु.४,००,०००।- (चार लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र बिगो बमोजिम जरिवाना हुन र ग्रामिण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई झापाका आयोजना व्यवस्थापक हुतराज चौहान र इन्जिनियर धर्मेन्द्र कुमार झाले अन्तिम बिलको भुक्तानिका लागि घुस वापतको रकम लिन खान मिलेमतो गरी सोही वमोजिम निजहरुको समेत सहमतिमा रकम लिएको हुँदा निजहरु हुतराज चौहान र धर्मेन्द्र कुमार झाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुर भएकोले निज आयोजना व्यवस्थापक हुतराज चौहान र इन्जिनियर धर्मेन्द्र कुमार झालाई बिगो रु.४,००,०००।- (चार लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 


प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

जिल्ला कैलाली, मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्दसमेत ८ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/19
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनीउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/12
नेपाल चिया बिकास निगम लिमिटेड बिर्तामोड, झापाका तत्कालीन सिनियर एकाउन्टेन्ट संजय बिलोटियासमेत ४ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/10
राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/10
जिल्ला महोत्तरी, जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, उप-प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसमेत १२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/09