नेपाल टेलिकमका प्रबन्ध निर्देशक (हाल निलम्बित) सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका कार्यकारी निर्देशक (हाल निलम्बित) विकल पौडेललाई हिरासतमा लिइएको।


प्रेस विज्ञप्ति:- मिति २०८०।१०।१० गते।
------------------------------------------

नेपाल टेलिकमका प्रबन्ध निर्देशक (हाल निलम्बित) सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका कार्यकारी निर्देशक (हाल निलम्बित) विकल पौडेलले गैरकानूनी सम्पत्ति आर्जन गरेको भनी परेको उजूरीका सम्बन्धमा यस आयोगबाट अनुसन्धान भइरहेकोमा निजहरूले नेपाल राष्ट्र बैंकको स्वीकृतिबेगर बिदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेको, नेपालको सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको तथा विकल पौडेलको हकमा निजले संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमतिसमेत लिएको देखिएकोले निजहरूले कसुरसम्बद्ध प्रमाण नष्ट गर्न सक्ने र भागी जाने सम्भावना भई अनुसन्धान कार्यमा बाधा पुग्ने देखिएकोले निजहरूलाई मिति २०८०/१०/१० गते नियमानुसारको जरुरी पक्राउ पूर्जी दिई हिरासतमा लिई थप अनुसन्धान भइरहेको छ।

प्रवक्ता
   नरहरि घिमिरे

Download Download
  

Other Press Release