जिल्ला डोल्पा, मुड्केचुला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, इन्जिनियर, का.बा. वडा अध्यक्ष, निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ८ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।१०।११ गते।
------------------------------------------
 
जिल्ला डोल्पा, मुड्केचुला गाउँपालिकाको मिलेमतोमा गाउँपालिकाबाट सञ्चालन भएको महादेव खोलादेखि घाम्टा खोलासम्म मोटर बाटो निर्माण योजनामा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा मुड्केचुला गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, डोल्पाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, इन्जिनियर देवराज रावत, सब-इन्जिनियर दिप नारायण यादवले आ.व. २०७६/०७७ को जिल्ला डोल्पा मुड्केचुला गाउँपालिका वडा नं. ८ स्थित घुम्चो खोलादेखि महादेवसम्म सडक निर्माण योजनामा उपभोक्ता समिति र गाउँपालिकाबिच सम्झौता भई सम्झौता बमोजिम स्वीकृत गरे अनुसारको लागत अनुमान बमोजिम कार्य नगरी कम काम भएको गरेको कार्यलाई बढी गरेको भनी प्राविधिक मूल्याङ्‍कनसहितको नापी कितावमा प्रमाणित गरी कार्य सम्पन्न प्रतिवेदनसमेत दिई भुक्तानीको टिप्पणी र आदेशलाई सदर गरी रु.१०,९७,८५२।२९ उपभोक्ता समितिलाई भुक्तानी दिएको देखिँदा निजहरु सिंहराज डाँगी, देवराज रावत र दिप नारायण यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसुर गरेको हुँदा निजहरुलाई बिगो रु.१०,९७,८५२।२९ (दश लाख सन्तानव्वे हजार आठ सय बाउन्न रुपैयाँ उनान्तीस पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी निजहरुबाट बिगो असुल उपर हुन एवं निजहरु सिंहराज डाँगी, देवराज रावत र दिप नारायण यादवले नभए नगरेको कामको समेत भए गरेको भन्ने गलत प्राविधिक मूल्याङ्‍कन प्रतिवेदन तयार गरी सोही आधारमा भुक्तानी सदर तथा भुक्तानीको लागि पेश गरी भुक्तानीसमेत गरेको देखिँदा निजहरु सिंहराज डाँगी, देवराज रावत र दिप नारायण यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरसमेत गरेको हुँदा निजहरुलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानाको सजाय हुन मागदाबी लिइएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला कैलाली, मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्दसमेत ८ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/19
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनीउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/12
नेपाल चिया बिकास निगम लिमिटेड बिर्तामोड, झापाका तत्कालीन सिनियर एकाउन्टेन्ट संजय बिलोटियासमेत ४ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/10
राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/10
जिल्ला महोत्तरी, जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, उप-प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसमेत १२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/09