सुझाव कार्यान्वयन सम्बन्धमा।



प्रेस विज्ञप्ति:- मिति २०८०।१०।२५ गते।
------------------------------------------
सूचना प्रविधिको विषय अति प्राविधिक हुने तथा यस सम्बन्धी प्रविधि-विकास पनि अति द्रुत गतिमा भईरहेको वर्तमान सन्दर्भमा  यससँग सम्बन्धित बस्तु एवं सेवा खरिद तथा विकास गर्ने कार्यहरू भ्रष्टाचार संवेदनशील (Corruption Vulnerable) देखिन्छन्। सञ्चार तथा सूचना प्रविधिमा निहित प्रविधिको क्लिष्टता (Complexity of Technology) र सार्वजनिक क्षेत्रमा रहेको यस प्रतिको अनभिज्ञताको अनुचित उपयोग गरी गम्भीर प्रकृतिका भ्रष्टाचार जन्य कार्य हुन सक्ने देखिएको तथा मुलुकको सीमित स्रोत-साधनको मितव्ययी एवं समुचित परिचालन गरी यस्ता प्रविधिको सदुपयोगबाट राष्ट्रले अधिकतम लाभ हासिल गर्न वाञ्छनीय देखिएकोले आयोगमा प्राप्त उजुरीहरूको छानविन एवं अनुसन्धानको सिलसिलामा पहिल्याईएका सवालहरू तथा प्राप्त तथ्यहरू समेतको विश्लेषणको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८(१)(ख) को व्यवस्था बमोजिम  देहायको  सुझाबहरू कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय  मार्फत सबै सङ्घीय मन्त्रालय, निकाय, कार्यालयहरू, प्रदेश मन्त्रालय/कार्यालयहरू तथा स्थानीय तहहरूमा लेखी पठाउन आयोगबाट निर्णय भएको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


प्रवक्ता
नरहरि घिमिरे 

Download Download
  

Other Press Release