जिल्ला बारा, पचरौता नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कन्हैयालाल यादवसमेत ४ उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।११।२४ गते।
------------------------------------------
 
जिल्ला बारा, पचरौता नगरपालिका वडा नं. ४ (साबिक बेलदारी गा.वि.स. वडा नं.४) को कि.नं. १७३ क्षेत्रफल ०-९-५ जग्गामा कुनै पनि कच्ची वा पक्की सडक बाटो नभएको खेतीयोग्य जमिन रहेको भनी गलत सिफारिसको आधारमा राजस्व छली भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा पचरौता नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कन्हैयालाल यादवले जिल्ला बारा पचरौता नगरपालिका वडा नं. ४ साबिक बेलदारी गा.बि.स. वडा नं. ४ स्थित कि.नं. १७३ ज.बि. ०-९-५ को पक्की सडकबाटोले छोएको जग्गालाई कुनैपनि किसिमको बाटोले नछोएको खेतीयोग्य जामिन भनी गलत घरबाटो सिफारिस गरी गराई बिक्रीकर्ता र खरिदकर्ताले तिर्नुपर्ने पुँजीगत लाभकर एवं रजिष्ट्रेसन शुल्कबापतको राजस्व रकम रु.८,११,९५१।– नबुझाएको कारण नेपाल सरकारलाई हानिनोक्सानी पुग्न गएकोले निज कन्हैयालाल यादवलाई रु.८,११,९५१।–(आठ लाख एघार हजार नौ सय एकाउन्न रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा ८ को उपदफा ३  तथा दफा ९ बमोजिमको कसुरमा ऐ.ऐ. ऐनको दफा ८ को उपदफा ३ तथा दफा ९ बमोजिम सजाय हुन मागदाबी लिइएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला कैलाली, मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्दसमेत ८ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/19
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनीउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/12
नेपाल चिया बिकास निगम लिमिटेड बिर्तामोड, झापाका तत्कालीन सिनियर एकाउन्टेन्ट संजय बिलोटियासमेत ४ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/10
राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/10
जिल्ला महोत्तरी, जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, उप-प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसमेत १२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/09