स्वास्थ्य निर्देशनालय, धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेब मेहता, लेखा अधिकृत, इन्जिनियरसमेत ६ जना र Hospitec Enterprises Pvt. Ltd. उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।१२।१८ गते।
------------------------------------------
जिल्ला मोरङ्ग, कोशी अस्पताल कोभिड-१९ केन्द्र, विराटनगरमा High Dependency Unit (HDU) जडान तथा सञ्चालन गर्न सामाग्री खरिदको लागि स्वास्थ्य निर्देशनालय, धनकुटाले आब्हान गरेको बोलपत्रमा न्यून कबोल गर्नेलाई छनौट नगरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा स्वास्थ्य निर्देशनालय, धनकुटाले कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र, बिराटनगरको लागि HDU को उपकरण खरिद गर्दा सार्बजनिक खरिद ऐन, २०६३ को दफा १४ को उपदफा (४ख) बमोजिम पेश भएका कुनैपनि बोलपत्रहरु सारभूत रुपमा प्रभावग्राही नभएको अवस्थामा पुनः बोलपत्र प्रक्रिया थालनी गर्नुपर्नेमा सो नगरी स्वास्थ्य सेवा निर्देशनालय, धनकुटाले बोलपत्रसाथ संलग्न गरेको Requirements (Goods Compatibility) पूरा गरेको नदेखिएको अवस्थामा पनि योग्यता पूरा गरेको भनी प्राबिधिक दृष्टिकोणबाट प्रक्रिया पुरा नभएको बोलपत्रलाई प्रक्रिया पुरा भएको भनी मूल्याङ्‍कन समितिवाट गलत लिखत तयार गरी/गराई गलत लिखत प्रतिवेदनको आधारमा बोलपत्र मूल्याङ्‍कन समितिको बैठकले सार्वजनिक खरिद नियमावली, २०६३ को नियम ६२(२) बमोजिमको बोलपत्रमा रहेको भिन्नता खुलाउनु पर्ने अनिवार्य व्यवस्थाको प्रतिकूल सबैभन्दा बढी रकम कवोल गर्ने Hospitec Enterprises Pvt. Ltd., Tinkune, Kathmandu द्वारा पेश भएको बोलपत्र स्वीकृत गर्ने निर्णय गरी/गराई HDU को उपकरण खरिद गरेको देखिन्छ।उक्त खरिद प्रक्रियामा पेश हुन आएका ३ वटा बोलपत्रदाताहरूले अनिवार्य रूपमा पेश गर्नुपर्ने कागजातहरू पेश नगरेका कारणले ३ वटै बोलपत्रहरू सारभूत रुपमा प्रभावग्राही नभएको अवस्थामा पुनः बोलपत्र प्रक्रिया थालनी गर्नुपर्नेमा सो नगरी कोभिड महामारीको विशेष परिस्थिति देखाई अत्यावश्यक स्वास्थ्य पूर्वाधार HDU को उपकरण खरिद गर्नैपर्ने वाध्यता रहेको अवस्था मान्दासमेत सबै भन्दा कम रकम कवोल गर्ने बोलपत्रदातालाई छनौट गर्नुपर्नेमा गैरकानूनी लाभ लिने बदनियतले सबैभन्दा बढी रकम कवोल गर्ने बोलपत्रदातालाई छनौट गरेकोले यसरी तेस्रो हुने र पहिलो हुने फर्महरूद्धारा कवोल गरिएको रकमको अन्तर रु.२,८९,६६,०५०।- बराबर अस्वाभाविक रुपमा बढी मूल्य तिरी खरिद गर्ने/गराउने कार्य गरे/गराएको पुष्टि भएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम भ्रष्टाचारजन्य कसुरमा संलग्न देहायका प्रतिवादीहरुउपर देहायबमोजिमको सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला कैलाली, मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्दसमेत ८ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/19
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनीउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/12
नेपाल चिया बिकास निगम लिमिटेड बिर्तामोड, झापाका तत्कालीन सिनियर एकाउन्टेन्ट संजय बिलोटियासमेत ४ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/10
राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/10
जिल्ला महोत्तरी, जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, उप-प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसमेत १२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/09