प्रतिवादी सलाम सिं तामाङसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८२।०१।२१ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट तेमाल गाउँपालिका, काभ्रेपलाञ्चोकका तत्कालीन अध्यक्ष सलाम सिं तामाङ र तत्कालीन प्रमुख प्रशासकिय अधिकृत शर्मिला लामिछाने समेतका प्रतिवादीहरु उपर आ.ब. २०७५।०७६ मा तेमाल गाउँपालिका अन्तर्गत पर्ने बिभिन्न आठ वटा बगरहरुमा रहेको नदीजन्य पदार्थ उत्खनन्/सङ्कलन कार्यको लागि भएको ठेक्का सम्झौतामा बन्द हडताल आदिका कारण काम सुचारु नभएको अवस्थामा कुनै पनि किसिमको क्षतिपुर्ती दावी गर्न नपाइने र कुनै किसिमको परिस्थिति देखाई ठेक्का रकम मिनाहा सम्बन्धी कुनै माग कार्यालयलाई स्वीकार्य हुनेछैन।” भन्ने उल्लेख भएकको सो विपरीत हुने गरी प्रतिवादीहरु समेतको मिलेमतोमा स्वीकृत कबोल अंक घटाई सम्झौता गरी नदीजन्य पदार्थ उत्खनन्/संकलन कार्यमा राजस्व चुहावट गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) बमोजिमको कार्यमा ऐ. ऐनको दफा ७ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय खण्ड (झ) बमोजिमको कसुरमा ऐ. ऐनको दफा ३ को उपदफा (१) को देहाय खण्ड (झ) बमोजिम कैद र ऐ.ऐनको दफा ७ बमोजिम चुहावट गराएको राजश्व रकम रु.२,५७,०२,१९८।५४ को दोब्बरले हुन आउने रकम रु.५,१४,०४,३९७।०८  जरिवाना हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८०।१२।२२ को फैसलाबाट सफाई दिएकोले उपरोक्त फैसलाउपर मिति २०८२।०१।२१ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ।
 
प्रवक्ता
राजेन्द्र कुमार पौडेल 

पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन आरोपपत्र पुनरावेदन आरोपपत्र
  

Other Press Release

प्रतिवादी दान बहादुर के.सी. रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2025/06/13
प्रतिवादी गोपाल रसाइलीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2025/06/13
प्रतिवादी राम बल्लभ साहसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2025/06/13
प्रतिवादी नन्द किशोर गुप्तासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2025/06/13