नियन्त्रणमा लिइएको।
प्रेस विज्ञप्ति:- मिति २०८२।०२।२९ गते।
------------------------------------------
मिति २०८२।०२।२९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंबाट खटिई गएको टोलीले मधेस प्रदेश सभा सदस्य सरोज कुमार सिंहसमेतले बिभिन्न उपभोक्ता समितिहरु गठन गरेको देखाई उक्त उपभोक्ता समितिका खातामा दाखिला भएको रकम आफ्नो निजी सचिव बिनोद कुमार लाल कायस्थ मार्फत झिकि झिक्न लगाई उक्त रकम आफ्नो र श्रीमतीको खातामा बैंक दाखिला गरी गर्न लगाई साथै निजको निजी सचिव बिनोद कुमार लाल कायस्थ समेतको खातामा रकम जम्मा गरी सरकारी रकम दुरुपयोग गरी गराई भ्रष्टाचार जन्य कार्य गरेको भन्ने समेत व्यहोराको उजुरीको आधारमा जिल्ला महोत्तरी, मनराशिसवा नगरपालिका वडा नं. ६ सरपल्लो स्थायी घर भई हाल जिल्ला धनुषा, जनकपुर उपमहानगरपालिका वडा नं. ९ बस्ने राम दिनेश महतोको छोरा महोत्तरी निर्वाचन क्षेत्र नं. ४ (ख) बाट निर्वाचित मधेश प्रदेश सभा सदस्य माननीय सरोज कुमार सिंह बर्ष ४४ लाई मिति २०८२।०२।२९ गते साँझ १८:०३ बजेको समयमा काठमाडौ महानगरपालिका वडा नं. १० रत्नराज्य स्कूल नजिकबाट पक्राउ गरी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
प्रवक्ता
राजेन्द्र कुमार पौडेल
नियन्त्रण
नियन्त्रण