प्रतिवादी भोला कुमार आलेसमेत रहेको भ्रष्टाचार मुद्दामा सम्मानित सर्वोच्च अदालत, काठमाडौंबाट भएको फैसला उपर पुनरावलोकन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८२।०३।०४ गते।
---------------------------------------------

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिकाका कार्यकारी अधिकृत भोला कुमार आले समेतका प्रतिवादीहरुले घुस/रिसवत लिई भ्रष्टाचार गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो रु.१,५१,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतको मिति २०७६।०३।२६ को फैसलामा चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएकोमा सम्मानित सर्वोच्च अदालतको मिति २०८१।११।२० गतेको फैसला उपर मिति २०८२।०३।०४ गते पुनरावलोकन गरिएको छ। 


सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

 

पुनरावलोकन प्रेश बिज्ञप्ति पुनरावलोकन प्रेश बिज्ञप्ति पुनरावलोकन आरोपपत्र पुनरावलोकन आरोपपत्र