प्रतिवादी अमृता कोइराला रहेको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८२।०८।१४ गते।
---------------------------------------------
 
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइराला उपर बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरी लिएको स्थापित भएकोले निज प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसूरमा सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो रू.६,००,०००।– कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना सजाय हुन र निज प्रतिवादीको रकम भुक्तानी गर्नुपर्ने दायित्व रहेको सेवाग्राहीसँग व्यवसायिक आचरण विपरीत आफू बहाल रहेको पद अनुसार सम्पादन गर्नुपर्ने कामसँग सम्बन्धित ब्यक्तिसँग रु.१,०४,०००।- सापटी भनी उक्त रकमसमेत लिएको देखिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५ अन्तर्गतको परिभाषित कसूरमा निज प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५ को उपदफा (१) बमोजिमको कसूरमा बिगो रु.१,०४,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५ को उपदफा (१) बमोजिम कैद गरी बिगो जफत हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८१।१२।०७ को फैसलाबाट आंशिक सफाई दिएकोले उल्लिखित फैसलाउपर चित्त नबुझी मिति २०८२।०८।१४ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको छ।
 
प्रवक्ता
राजेन्द्र कुमार पौडेल

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति पुनरावेदन आरोपपत्र पुनरावेदन आरोपपत्र
  

Other Press Release

प्रतिवादी डा.बलराम थापा क्षेत्रीसमेत रहेको गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2025/12/12
प्रतिवादी रमेश प्रसाद यादवसमेत रहेको गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2025/12/12
प्रतिवादी नगेन्द्र प्रसाद सापकोटासमेत रहेको गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2025/12/12
प्रतिवादी अवधकिशोर प्रसाद कुशवाहासमेत रहेको गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2025/12/11
प्रतिवादी रामचन्द्र भुषालसमेत रहेको घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2025/12/11
प्रतिवादी मधुकर प्रसाद राजभण्डारी रहेको गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2025/12/10