प्रतिवादी अर्जुन कुमार कटुवालसमेत रहेको सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा सम्मानित सर्वोच्च अदालत, काठमाडौंबाट भएको फैसला उपर पुनरावलोकनको निवेदन दर्ता गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८२।०८।२४ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट तत्काल नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा इटहरी वितरण केन्द्रका वरिष्ठ सहायक (स्टोर किपर) अर्जुन कुमार कटुवाल समेतका प्रतिवादीहरु उपर जिन्सी सामानहरु वदनियतपूर्वक हानी नोक्सानी गरी भ्रष्टाचार गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा ऐ. ऐनको ‍दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम सजाय हुन साथै दफा ३(१) बमोजिम बिगो बमोजिम जरिवाना हुन तथा दफा १७ बमोजिम बिगो असुल उपर गरी नेपाल विद्युत प्राधिकरणलाई दिलाई भराई पाउन एवं सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमसमेत सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतको मिति २०७३।०७।११  को फैसला चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएकोमा सम्मानित सर्वोच्च अदालतबाट मिति २०८२।०२।१९ गते सफाई पाउने भनी भएको फैसला उपर मिति २०८२।०८।२४ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गरिएको छ। 
 
 
सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति पुनरावलोकन आरोपपत्र पुनरावलोकन आरोपपत्र
  

Other Press Release