वि.सं २०८३ मंसिर ९ गते बुधबार, नेपाल संवत ११४७ कछलागा पारु - १ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडा

परिचय

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडा आयोगको कार्यक्षेत्रभित्रका सार्वजनिक निकायमा हुने भ्रष्टाचार तथा अख्तियारको दुरुपयोगसम्बन्धी उजुरीको अनुसन्धान, छानबिन तथा निराकरणका लागि क्रियाशील कार्यालय हो। यस कार्यालयको कार्यक्षेत्रमा रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र दोलखा गरी जम्मा ११ जिल्ला पर्दछन्।

भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन तथा सार्वजनिक प्रशासनमा स्वच्छता, पारदर्शिता र जवाफदेहिता कायम गर्ने उद्देश्यका साथ आयोगले आफ्नो रणनीतिक योजना मार्फत उपचारात्मक, निरोधात्मक, प्रवर्द्धनात्मक र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेको छ। भ्रष्टाचारजन्य कसुरको अनुसन्धान तथा अभियोजनलाई गुणस्तरीय, निष्पक्ष र प्रभावकारी बनाउने, भ्रष्टाचारका सम्भावना न्यूनीकरण गर्न विद्यमान नीति, कानुन तथा कार्यप्रक्रियामा सुधारका लागि सहजीकरण गर्ने र सार्वजनिक निकाय तथा पदाधिकारीलाई थप जवाफदेही बनाउने, सार्वजनिक क्षेत्रमा सुशासन एवं सदाचारिता अभिवृद्धिका लागि सरोकारवाला निकायसँग समन्वय र साझेदारी सुदृढ गर्दै प्रभावकारी व्यवस्थापन मार्फत संस्थागत क्षमता अभिवृद्धि गर्ने आयोगको रणनीति रहेको छ। यसै उद्देश्य अनुरूप कार्यालयले आफ्नो कार्यक्षेत्र भित्रका सार्वजनिक निकायमा स्वच्छ प्रशासन र उत्तरदायी सेवा प्रवाहको वातावरण निर्माण गर्दै भ्रष्टाचारमुक्त समाजको स्थापना तथा सुशासन युक्त शासन व्यवस्थाको प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको छ।
अनलाइन उजुरी