नेपाल बैक लिमिटेडका संचालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीसमेत ६ जना उपर अकला देबी ट्रेडर्शको ऋण प्रक्रियामा सहजीकरण गरिदिने भनी घुस/रिसवत लिई/दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०२।२६ गते।
------------------------------------------
नेपाल बैक लिमिटेडका संचालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले जिल्ला तनहुँ आबुँखेरेनी -१ मा रहेको अकला देबी ट्रेडर्शको ऋण प्रक्रियामा सहजीकरण गरिदिन्छु भनी रू.५० लाख घुस रिसवत लिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला तनहु आबुखेरेनी -१ मा संचालनमा रहेको अकला देबी ट्रेडर्शलाई बैङ्कमा धितो राखी रू.२५,००,००,०००।– (पच्चीस करोड) सम्म रकम ऋण बापत निकाल्ने योजनाका साथ दान बहादुर कार्की, सुन्दर बहादुर बाँनिया र नारायण प्रसाद बरालले नेपाल बैङ्क लिमिटेड प्रधान कार्यालय न्युरोड, शाखा कार्यालय कालिमाटी र शाखा कार्यालय डुम्रे तनहुँमा समेत ऋण प्रयोजनको लागि प्रक्रिया अगाडि बढाउँदा तत्काल माग बमोजिमको ऋण रकम उपलब्ध नभए पश्चात निज दान बहादुर कार्की, सुन्दर बहादुर बाँनिया र नारायण प्रसाद बराल र सन्तोष सुवेदी मार्फत नेपाल बैक लिमिटेडका संचालक समितिका तत्कालीन अध्यक्ष चन्द्र बहादुर अधिकारीसम्म पुगेको देखिएको।
प्रतिवादी चन्द्र बहादुर अधिकारीले ‍सन्तोष सुबेदी मार्फत दान बहादुर कार्की, नारायण प्रसाद बराल र सुन्दर बहादुर बानियासँग ऋण रकम रू.२५,००,००,०००।–(पच्चीस करोड) को २% अर्थात रू. ५०,००,०००।-(अक्षरेपी पचास लाख) रकम घुस रिसवत बापत माग गरी लिन दिन सहमत भई मिति २०८१/०५/१६ सन्तोष सुबेदीको नामको एन.आई.सी. एसिया बैङ्कको खाताबाट रू.७ लाख रुपैया जम्मा भएको देखिएको।उक्त रकम जम्मा गरेको भोलिपल्ट मिति २०८१/०५/१७ गते सन्तोष सुबेदीले एन.आई.सी. एसिया बैङ्कको खाताबाट उक्त रू.७,००,०००।- (अक्षरेपी सात लाख) रकम मध्येबाट रू.५,००,०००।-(पाँच लाख) अबिनाश श्रेष्ठको नबिल बैक लिमिटेडको खातामा जम्मा गरिदिएकोमा सो रू.५,००,०००।-(अक्षरेपी पाँच लाख) रकम तत्कालै अबिनाश श्रेष्ठले आफ्नो खाताबाट चन्द्र बहादुर अधिकारीको श्रीमती मधुमाया अधिकारीको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा जम्मा गरी दिएको। देखिएको।सो खाताबाट मिति २०८१/०५/१७ गते रु.१,००,०००।-(एक लाख) र मिति २०८१/०५/१८ गते रु.२,००,०००।- (अक्षरेपी दुई लाख) र मिति २०८१/०५/१९ मा बाकी रु.२,००,०००।- (दुई लाख) निज मधुमाया अधिकारीको राष्ट्रिय बाणिज्य बैङ्कको अर्को खातामा स्थानान्तरण गरेको देखिन्छ।मधुमाया अधिकारीको उल्लेखित खाताबाट मिति २०८१/०५/३० गते रू.९९०,०००।- (अक्षरेपी नौ लाख नब्बे हजार) लक्की खान भन्ने खुस नसिब अन्सारीले निकाली पुन: सो रकम चन्द्र बहादुर अधिकारीले आफ्नो नेपाल बैङ्कको खातामा मिति २०८१/०६/०८ (२०२४/०९/२४) मा रु.२,००,०००।-(अक्षरेपी दुई लाख) र मिति २०८१/०६/१० (२०२४/०९/२६) मा  रु.४,००,०००।–(अक्षेरुपी चार लाख) गरी जम्मा रू.६,००,०००।–(अक्षेरुपी छ लाख) प्राप्त गरेको देखिएको।साथै, रू.५,००,०००।-(अक्षरेपी पाँच लाख) ट्रान्सफर गर्न लगाएको देखिएको। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता

राजेन्द्र कुमार पौडेल

  

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका तत्कालीन कार्यालय प्रमुख, बरिष्ठ पशु बिकास अधिकृत डा. प्रभात झासमेत ३ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/25
प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत (अधिकृतस्तर छैटौं) शंकर प्रसाद सुवेदीसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानीनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/23
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा, तत्कालीन सदस्य सचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा समेत १४ जना र दुई कम्पनी उपर पशुपति क्षेत्र विकास कोष/सार्वजनिक संस्थाको सम्पत्ति हिनामिना/हानीनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/22
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसमेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी, हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/19
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौं तह) कमल राज गौतम उपर बिगो रु.२,५१,७८,६८७।७१ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/17