प्रतिवादी चन्द्र भुषण झासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८१।०८।०७ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौँमा दर्ता भएको गैरकानूनी लाभ वा हानि गरी भ्रष्टाचार गरेको भन्ने प्रतिवादी चन्द्र भुषण झासमेत भएको मुद्दामा :
प्रतिवादीहरु चन्द्र भुषण झा र भिम बहादुर रोकायलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र रु.४,३८, ५५७।८२ (अक्षरुपी चार लाख अड्तीस हजार पाँच सय सन्ताउन्न रुपैया बयासी पैसा मात्र) बिगो बमोजिम जरिबाना गरी बिगोसमेत असुल उपर हुनसाथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिबाना समेत हुन,
प्रतिवादी दल बहादुर बुढालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (३) बमोजिम सजायको हुन,
प्रतिवादी सुष्मा (कार्की) भण्डारीलाई भ्रष्ट्राचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय र रु. ४,३८, ५५७।८२ (अक्षरुपी चार लाख अड्तीस हजार पाँच सय सन्ताउन्न रुपैया बयासी पैसा मात्र।) बिगो कायम गरी बिगो समेत जफत हुन,
मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८०।११।१८ को फैसलाबाट सफाई दिएको-:
-
उक्त योजनामा कुनै काम नै नभएको भन्ने आरोप दावी नरहेको,
-
नाँप जाँच गर्दा माटो खन्ने काम र ट्रसको मात्र नाप गरेको अन्य कार्यको नाप जाँच नगरेको,
-
नर्सरीको तल्लो भागमा सिमेन्ट र ढुङ्गाको पर्खाल बनाएको उक्त कार्यको नाँप जाँच नभएको भनी वादीकै साक्षीहरूले बकपत्र गरेको,
-
प्रतिवादीहरूले बदनियतका साथ आयोजनाको नापजाँच गरेको झुट्टा विल भरपाई पेस गरी भुक्तानी लिने दिने गरेको भन्ने तथ्य बादी पक्षबाट पुष्टि हुन नसकेको।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०८।०७ मा पुनरावेदन गरिएको छः-
देहाय:
-
फिल्डमा गरीएको वास्तविक परिमाण भन्दा बढी काम गरेको देखाई नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र अन्तिम विल वनाई झुट्टा विल भर्पाईको आधारमा फिल्डमा काम नगरिएको कामको समेत रु. ४,३८,५५७/८२ भुक्तानी दिई नोक्सानी पुर्याएको भन्ने तथ्य रहेको प्रस्तुत मुद्दामा उक्त योजनामा कुनै काम नै नभएको भन्ने दावी नभएको भनी प्रतिवादीहरूलाई सफाइ दिई फैसला भएको ।
-
प्रतिवादीहरूले अनुदान हाइटेक नर्सरी गर्न भनी नलिई फलफूल प्रशोधन तथा बिक्री केन्द्रको लागि टनेल निर्माण कार्यमा भएको अनियमितताको बारेमा अनुसन्धानको क्रममा प्राविधिक नाँपजाच गर्दा पर्खालको निर्माण नभएको भनी प्राविधिक प्रतिवेदनमा उल्लेख रहेको ।निर्माणको कार्यको फोटो र भिडियो समेत खिचेको अवस्थामा नापी कितावमा पर्खाल समेत निर्माण भएको भनी उक्त निर्माण कार्यमा भएको खर्च भनी भएको भुक्तानी बदनियत राखी भुक्तानी लिने दिने कार्यगरी नेपाल सरकारलाई हानि नोक्सानी पुर्याई आफूलाई गैर कानूनी लाभ पुर्याएको कारणबाट सो कार्यमा संलग्न रहने कर्मचारी उपर आरोप पत्र दायर भएकोमा सम्पूर्ण प्रतिबादीहरूलाई सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको।
-
प्राविधिक नाप जाँच गर्दाको बखतमा पर्खाल नलागाएको कारण निर्माण स्थलमा लिइएको फोटो र भिडियो समेतमा पर्खाल नदेखिएको।निजहरूले पहिला पर्खाल लगाइएको थियो,वर्षाको कारण पर्खाल भत्किएको भनी जिकिर लिएको देखिएको।तर प्रतिबादीले जिकिर लिए जस्तो पर्खाल भत्किएको भए उक्त स्थानमा भत्किएको पर्खालको ढुङ्गा लगाएतका अन्य निर्माण सामाग्री देखिनु पर्नेमा सो समेत नदेखिएको। प्रतिवादीबाट इन्कारी वयान भएको र त्यसलाई साक्षीहरुले बकपत्र गरी समर्थन गरेको भनी सफाइ दिएको निर्णयाधार हेर्दा प्रतिवादी इन्कारी हुनु र साक्षीले समर्थन गर्नुले तात्वविक असर पर्दैन। साक्षीको बकपत्र र प्रतिवादीको इन्कारी वयानलाई अन्य भौतिक प्रमाण समर्थन गर्दछ वा गर्दैन त्यो हेर्नु पर्दछ। इन्कारी वयान आफै प्रमाण नहुने। अदालतमा हुने इन्कारी वयानलाई मात्रै निर्दोषिता ठहर हुने आधार वन्न सक्दैन भनी सम्मानित सर्वोच्च अदालथबाट ने.का.प. २०६९ अंक ८ नि.नं. ८८७८ मा सिद्धान्त प्रतिपादन भएको। यस्तै विवाद रहित र आधारभुत स्वतन्त्र प्रमाणबाट इन्कारी वयान समर्थित हुन नसकेको अवस्थामा प्रमाण विनाको इन्कारी वयान मात्र सफाई दिन यथेष्ट आधार वन्न नसक्ने भनी ने.का.प. २०६८ अंक १० नि.नं. ८६९५ मा सिद्धान्त प्रतिपादन भई रहेको सन्दर्भमा आफ्नै स्थानमा साक्षीहरुको भौतिक प्रमाणले समर्थन नगरेको बकपत्र जस्तो प्रमाणको आधारमा प्रतिवादीहरुलाई सफाई दिएको फैसला त्रुटिपूर्ण रहेको छ ।
प्रवक्ता
नरहरि घिमिरे
यो फाइल यहीँ देखाउन सकिएन।
PDF खोल्नुहोस्