वि.सं २०८३ मंसिर ९ गते बुधबार, नेपाल संवत ११४७ कछलागा पारु - १ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

प्रतिवादी ध्रुवराज मरासिनीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।

· पुनरावेदन
प्रेस विज्ञप्ति :- मिति २०८२।०२।२१ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट नापी कार्यालय, बुटवल, रुपन्देही तत्कालीन नापी निरीक्षक ध्रुवराज मरासिनी समेतका प्रतिवादीहरु उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम सरकारी निकायको कागजातमा अनाधिकार वा गैरकानुनी तरिकाले सच्याउने वा हेरफेर गर्ने तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१)(ज) बमोजिम जिल्ला रुपन्देही साविक बुटवल ९ख को कि.नं ३०४७ को सार्वजनिक जग्गालाई व्यक्तिका नाउमा कायम गरी व्यक्तिलाई नै लाभ हुने किसिमले खरिद बिक्री गर्ने गराउने कार्य निहित कसुर गरेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ तथा दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवानाको मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८१।०२।१६ को फैसलाबाट सफाई दिएकोले उपरोक्त फैसलाउपर मिति २०८२।०२।२१ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ।
 
प्रवक्ता
राजेन्द्र कुमार पौडेल

संलग्न फाइलहरू

अनलाइन उजुरी