वि.सं २०८३ मंसिर ९ गते बुधबार, नेपाल संवत ११४७ कछलागा पारु - १ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

प्रतिवादी हरिचन्द्र पाण्डेसमेत रहेको घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।

· पुनरावेदन
प्रेस विज्ञप्ति :- मिति २०८३।०१।२४ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मालपोत कार्यालय कोहलपुर, बाँकेमा कार्यरत खरिदार हरिचन्द्र भन्ने हरिचन्द्र पाण्डेसमेतका प्रतिवादीहरुउपर घुस/रिसवत लिई भ्रष्टाचार गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.२०,०००।- (बीस हजार रुपैँया) कायम गरी ऐ.ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८२।०९।०३ को फैसलाबाट आंशिक सफाई दिएकोले उल्लिखित फैसलाउपर चित्त नबुझी मिति २०८३।०१।२४ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको छ।
 
 
सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

संलग्न फाइलहरू

अनलाइन उजुरी