नगराईन नगरपालिका, धनुषाका सव-इन्जिनियर उमेश मण्डल घुस रकम सहित नियन्त्रणमा


प्रेस विज्ञप्ति :- मिति २०७६।०४।२५ गते
-------------------------------------------
नगराईन नगरपालिका, धनुषाका सव-इन्जिनियर उमेश मण्डल घुस रकम सहित नियन्त्रणमा 
-----------------------------------------------------------------------------------------------------
नगराईन नगरपालिका, धनुषाका सव-इन्जिनियर उमेश मण्डलले सम्पन्न योजनाहरूको कार्य सम्पन्न प्रतिवेदन तयार गरी रकम भुक्तानी लिन सहज गराई दिए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास, महोत्तरीबाट खटिई गएको टोलीले निज -इन्जिनियर उमेश मण्डललाई सेवाग्राहीसँग रू.५५,०००।– (पचपन्न हजार) घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित जनकपुर उप-महानगरपालिका वडा नं. ६ अस्पताल रोड स्थित अञ्चल अस्पताल, जनकपुर नजिकको रेडक्रस भवनको पश्चिम-दक्षिण र बाह्रबिघा चौरको पूर्व-दक्षिणबाट मिति २०७६/०४/२४ गते रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release