जिल्ला प्रशासन कार्यालय बाराका लेखापाल जयसिंह राय थारू उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०५।२९ गते ।
---------------------------------------------
जिल्ला प्रशासन कार्यालय बाराका लेखापाल जयसिंह राय थारू फेटा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, बारामा कार्यरत रहँदा उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरेबापत सेवाग्राहीसँग पटक-पटक घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौंडा मकवानपुरबाट खटिई गएको टोलीले निज लेखापाल जयसिंह राय थारूले सेवाग्राहीसँग रू.२५,०००।–(पच्चीस हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा निजलाईउक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा निज लेखापाल जयलाल थारूले सम्पन्न भइसकेको कामको भुक्तानी भइसकेपछि पनि विभिन्न बहाना बनाई सेवाग्राहीलाई अप्ठेरोमा पारी, पटक –पटक रकम माग गरी घुस रिसवत दिन बाध्य बनाई रू.२५,०००।– (पच्चीस हजार) घुस/रिसवतवापतको रकम सहित पक्राउ परेकाले निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निजलाई विगो रू.२५,०००।–(पच्चीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा सिनियर ल्याव टेक्निसियन सातौं (हाल-ल्याब अधिकृत आठौं) तहमा कार्यरत दिपेन्द्र यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2024/09/18
जिल्ला डडेल्धुरा, डडेल्धुरा अस्पतालको विकास समितिका तत्कालीन अध्यक्ष लक्ष्मण सिंहउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2024/09/16
तत्कालीन पोखरा महानगरपालिका, वडा नं. ३२ स्थित शहरी स्वास्थ्य केन्द्र, मालेपाटनमा अहेव पदमा कार्यरत शोभा उप्रेती उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2024/09/16
रामधुनी नगरपालिका, सुनसरीमा इन्जिनियर पदमा कार्यरत देवेन्द्र नारायण चौधरी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2024/09/16