जिल्ला शिक्षा कार्यालय, बाराका तत्कालीन जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेलसमेत ६ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।०५ गते ।
------------------------------------

जिल्ला बारा, बारागढी गाँउपालिका वडा नं. ३ नयकाटोल, साविक खोपवा गाविस -८ को जनजागृति नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई भौतिक निर्माणको लागि जिल्ला शिक्षा कार्यालय, बाराबाट प्राप्त रकमको निर्माण सम्पन्न कागजातहरू प्राप्त हुन नसकेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेलसमेतले आफूलाई प्राप्त पदीय अधिकार र दायित्व जिम्मेवारी पूर्ण तरिकाले पालन नगरेको, विद्यालय भवन निर्माण नहुँदै नापी किताव र कार्य सम्पन्न प्रतिवेदन विना नै निर्माणस्थलमा भएगरेको कार्यभन्दा रू.१,३९,९६२।५२ (एक लाख उनान्चालीस हजार नौसय बैसठ्ठी रूपैयाँ बाउन्न पैसा) बढी भुक्तानी गरी नेपाल सरकारको रकम हिनामिना गरेको र गैरकानूनी लाभ वा हानी पुर्‍याउने बदनियतले कार्य गरी निज प्रतिवादीहरू तत्कालीन जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेल, लेखापाल नवराज भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजमन प्रसाद यादव, निमित्त प्रधानाध्यापक राजकिशोर चौधरी, इन्जिनियर बसन्त निधि र सव-इन्जिनियर दिलिपकुमार जैसवालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र सोही ऐनको दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिम भ्रष्टाचारको कसुर गरेको प्रमाणित हुन आएकोले निजहरूलाई नेपाल सरकारको हानिनोक्सानी गरेको विगो रू.१,३९,९६२।५२ (एक लाख उनान्चालीस हजार नौसय बैसठ्ठी रूपैयाँ बाउन्न पैसा) का आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको विगोमध्ये उजुरी पछि अनुसन्धानको क्रममा जम्मा रू.३४,१०३।७५ रकम बराबरको थप निर्माण कार्य भएको र ८३,४६३।–बेरूजु खाता दाखिला गरेको देखिएकोले बाँकी रकम रू.२२,३९५।७७ (बाइस हजार तीनसय पन्चानब्बे रुपैयाँ सतहत्तर पैसा) उक्त ऐनको दफा ८ को उपदफा (१) बमोजिम असुल उपर हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।  

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा सिनियर ल्याव टेक्निसियन सातौं (हाल-ल्याब अधिकृत आठौं) तहमा कार्यरत दिपेन्द्र यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2024/09/18
जिल्ला डडेल्धुरा, डडेल्धुरा अस्पतालको विकास समितिका तत्कालीन अध्यक्ष लक्ष्मण सिंहउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2024/09/16
तत्कालीन पोखरा महानगरपालिका, वडा नं. ३२ स्थित शहरी स्वास्थ्य केन्द्र, मालेपाटनमा अहेव पदमा कार्यरत शोभा उप्रेती उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2024/09/16
रामधुनी नगरपालिका, सुनसरीमा इन्जिनियर पदमा कार्यरत देवेन्द्र नारायण चौधरी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2024/09/16