लुम्बिनी बौद्ध विश्वविद्यालय लुम्बिनी, रूपन्देहीका लेखापाल रत्नेश्वर तिवारी घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।०८ गते ।
-------------------------------------------
जिल्ला रुपन्देही लुम्बिनी साँस्कृतीक नगरपालिका वडा नं. ६ स्थित लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनीमा कार्यरत लेखापाल रत्नेश्वर तिवारीले कार्यालयसँग सम्बन्धी विभिन्न सामाग्री आपुर्ति गरेवापत रकम भुक्तानी दिने प्रयोजनार्थ कमिसनको लागी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज लेखापाल रत्नेश्वर तिवारीलाई घुस/रिसवत वापतको रू.२५,०००/- (पच्चीस हजार) रकम लिइसकेको अवस्थामा निजको कार्यालयबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release