जिल्ला काठमाडौं, नापी कार्यालय, साँखुमा कार्यरत अमिन सुशिल बुढाथोकी र सेवाग्राही ज्ञानबहादुर कार्की नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।०९ गते ।
-------------------------------------------

जिल्ला काठमाडौं शंखरापुर नगरपालिका वडा नं. ७ साँखु स्थित नापी कार्यालय, साँखुमा कार्यरत अमिन सुशिल बुढाथोकीले सेवाग्राही ज्ञान बहादुर कार्कीसँग जग्गाको ट्रेस नक्सा बनाई दिए वापत घुस/रिसवत रु. ४,०००/- (चार हजार) रकमसहित लिने दिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले उक्त रकमसहित निजहरु दुवैलाई कार्यालय अगाडि रहेको किराना पसलको छेउमा रहेको गल्लीबाट मिति २०७६।०८।०८ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release