अस्थायी ट्राफिक प्रहरी पोष्ट, खैरेनी रुपन्देहीमा कार्यरत प्रहरी जवान छबिलाल पोख्रेल घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।२६ गते ।
--------------------------------------------

अस्थायी ट्राफिक प्रहरी पोष्ट, खैरेनी रुपन्देहीमा कार्यरत प्रहरी जवान छबिलाल पोख्रेलले बिभिन्न  बहाना बनाई डर त्रास देखाई टिप्पर गाडी रोकी दु:ख हैरानी दिने गरेको र टिप्पर आवत जावतमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग पटक-पटक घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज छबिलाल पोख्रेललाई सेवाग्राहीबाट रु. ३,०००।– (तीन हजार) घुस/रिसवत लिइसकेको अवस्थामा जिल्ला रुपन्देही, देवदह नगरपालिका वडा नं. ०७ स्थित अस्थायी ट्राफिक प्रहरी पोष्टको कार्यालयबाट उक्त रकमसहित मिति २०७६।१०।२४ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । 


 प्रवक्ता 
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release