जिल्ला धनुषा, धनौजी गाउँपालिका वडा नं. २ को वडा कार्यालयमा कार्यरत वडा सचिव (खरिदार) सुशिल ठाकुर रु. २०,०००।– घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति: २०७६।११।१५ गते ।
--------------------------------------------------------

जिल्ला धनुषा, धनौजी गाउँपालिका वडा नं. २ को वडा कार्यालयमा कार्यरत वडा सचिव (खरिदार) सुशिल ठाकुरले जन्म प्रमाणित सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज खरिदार सुशिल ठाकुरलाई सेवाग्राहीसँग रु. २०,०००।– (बीस हजार) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त घुस रकमसहित निजकै कार्यकक्षबाट मिति २०७६।११।१५ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release