डिभिजन वन कार्यालय दोलखामा कार्यरत डिभिजन वन अधिकृत (दशौं तह) सन्तमाया श्रेष्ठ नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।३० गते ।
-------------------------------------------

डिभिजन वन कार्यालय दोलखामा कार्यरत डिभिजन वन अधिकृत (दशौं तह) सन्तमाया श्रेष्ठले काठ व्यापार गर्ने व्यापारीहरुसँग घुस/रिसवत रकम उठाई सरकारी गाडीमा दोलखाबाट काठमाडौं आउदैं गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज सन्तमाया श्रेष्ठकोलाई जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. ३ गठ्ठाघर चोकमा गाडी रोक्न लगाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रु. २,०३,५००।– (दुई लाख तीन हजार पाँच सय) सहित मिति २०७६।११।२९ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release