यमुनामाई गाउँपालिका वडा नं. ३, रौतहटका वडा सदस्य राम विश्वास मुखिया र निरगुन पासवान (दुसाद) रु.१३,०००/- घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।१२।०९ गते । 
-------------------------------------------- 

यमुनामाई गाउँपालिका वडा नं. ३, रौतहटका वडा सदस्य राम विश्वास मुखिया र निरगुन पासवान (दुसाद) ले नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि सिफारिसको लागि सहज गराई दिन्छु भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज निरगुन पासवान (दुसाद) लाई सेवाग्राहीसँग रु.१३,०००/- (तेह्र हजार) घुस/रिसवत लिइसकेको अबस्थामा दुर्गाभगवती गाउँपालिका वडा नं. ४ छतौना रौतहटबाट र वडा सदस्य राम विश्वास मुखियालाई यमुनामाई गाउँपालिका वडा नं. १ सुकदेव चौक, रौतहटबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release