घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज, बाँकेका उद्योग अधिकृत (सातौं तह) हुकुम बहादुर ओली रु. ९६,३००।- घुस/रिसवतसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०३।३० गते ।
----------------------------------------------------

घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज बाँकेका उद्योग अधिकृत (सातौं तह)  हुकुम बहादुर ओलीले ठेक्का पट्टाको अनुमति-पत्र (लाइसेन्स) बनाईदिने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज हुकुम बहादुर ओलीलाई सेवाग्राहीबाट रु. ९६,३००।– (छयानब्बे हजार तीन सय) घुस/रिसवत लिइसकेको अवस्थामा निजको कार्यकक्षबाट उक्त घुस रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release