जोशीपुर गाँउपालिकाको कार्यालयका ना.सु. सिद्धराज जोशी रु. ८५,०००।- घुस/रिसवतसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०३।३० गते ।
----------------------------------------------------
 जिल्ला कैलाली, जोशीपुर गाँउपालिकाबाट सिलाई कटाई तालिम, सैलुन तालिम र चुरा बनाउने तालिमहरू दिई तालिम सफलता पुर्वक सम्पन्न गरी चेक भुक्तानी लिइसके पश्चात पनि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले निज जोशीपुर गाँउपालिकाको कार्यालयका सुचना अधिकारी ना.सु. सिद्धराज जोशीको कार्यकक्षबाट घुस/रिसवत वापतको रकम रू.८५,०००/- (पचासी हजार) बरामद गरी साथै निज सिद्धराज जोशी कार्यकक्षबाट भागी फरार रहेकोमा आज मिति २०७७।०३।३० गते जोशीपुर गाँउपालिका वडा नं. ६ स्थित सिमरीबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release