भेरी अस्पताल, बाँकेमा कार्यरत कम्प्यूटर अपरेटर अरूण राज खनाल स्रोत नखुलेको नगद रकम रू.१६,१३,९७५/- सहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०४।०८ गते । 
---------------------------------------------

भेरी अस्पताल, बाँकेमा कार्यरत कम्प्यूटर अपरेटर अरूण राज खनालले विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिशन बापतको रकम र चेकसमेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिगएको टोलीले निज कम्प्यूटर अपरेटर अरूण राज खनाललाई रू.१६,१३,९७५/- (सोह्र लाख तेह्र हजार नौ सय पचहत्तर) स्रोत नखुलेको नगद रकम निजकै कार्यकक्षमा राखेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
तारानाथ अधिकारी

Download
  

Other Press Release