प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) चितवनका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेसमेत ३ जना उपर बिगो रु.४,१२,४७४।३७ कायम गरी गैरकानूनी लाभ तथा हानी सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०९।२९ गते ।
----------------------------------------------
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (तरकारी जोन), चितवनका कार्यालय प्रमुख सोमनाथ घिमिरे र जोन सञ्चालक समितिका अध्यक्ष बालिका कुमारी गिरीसमेतले कतिपय योजनामा विल पेश गरेर मात्रै कामै नगरी किर्ते गरी रकम हिनामिना गरेको, साथै पदको दुरुपयोग गरी आफ्नै लगानी रहेको नारायणी एग्रो कम्पनीलाई अधिकांश योजना वितरण गरी हिनामिना गरेको र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई, तरकारी जोन, पार्वतीपुर, चितवनबाट प्राविधिक शिक्षालयका नाममा प्राप्‍त हुने रकम लक्ष्मी माध्यमिक विद्यालय, जगतपुर, चितवनको खातामा जानुपर्ने व्यवस्था रहेकोमा सो नगरी सिधै नारायणी एग्रो कम्पनीको नाममा भुक्तानी दिई भ्रष्‍टाचार गरेको भन्‍ने समेत व्यहोराका उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) चितवनका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई, तरकारी जोन, पार्वतीपुर, चितवनबाट आ.व. २०७३/०७४ को प्राविधिक शिक्षालयका नाममा प्राप्‍त हुने रु.५,००,०००/- रकमले लक्ष्मी माध्यमिक विद्यालय, जगतपुर, चितवनको हाताभित्र निर्माण गर्नुपर्ने आधुनिक नर्सरी घर निर्माण सम्झौता अनुसार नगरी तथा उक्त रकम लक्ष्मी माध्यामिक विद्यालय जगतपुरको खातामा नपठाई नारायणी एग्रो कम्पनीको नाममा निकासा गराई सो रकमबाट सम्झौताबमोजिमको पूर्ण काम नै नगरी रु.५,००,०००।- रकम मध्ये रु.८७,५२५।६३ को मात्र काम गरी बाँकी रकमको झुठा विल भरपाईको आधारमा भुक्तानी समेत दिई रु.४,१२,४७४।३७ (चार लाख बाह्र हजार चार सय चौरहत्तर रूपैयाँ सैतिस पैसा) सरकारी रकम हानि नोक्सानी गरेको स-प्रमाण पुष्टि हुन आएकाले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र ऐ ऐनको दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिम बिगो असुलउपर र कैद जरिवानाको मागदाबी लिइएको छ ।

त्यसैगरी नारायणी एग्रो कम्पनी, जगतपुर, चितवनका मेनेजिंग डाईरेक्टर बालिका कुमारी गिरीले उक्त परियोजनाको रकम नारायणी एग्रो कम्पनीको नाममा निकासा गराई सो रकमबाट सम्झौताबमोजिमको पूर्ण काम नै नगरी रु.५,००,०००/- रकममध्ये रु.८७,५२५।६३ को मात्र काम गरी/गराई बाँकी रकमको झुठा विल भरपाई पेश गरी भुक्तानीसमेत लिई रु.४,१२,४७४।३७ (चार लाख बाह्र हजार चार सय चौरहत्तर रूपैयाँ सैतिस पैसा) सरकारी रकम विद्यालयलाई हानी पुर्‍याई आफूले गैरकानूनी लाभ लिएको स-प्रमाण पुष्टि हुन आएकाले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम बिगो असुलउपर र कैद जरिवानाको मागदाबी लिइएको छ ।

साथै नारायणी एग्रो कम्पनी, जगतपुर चितवनका संस्थापक सदस्य गोपीनाथ भुसालले उक्त परियोजनाको प्राविधिक शिक्षालयको नाममा प्राप्त हुने रकम विद्यालयका प्रधानाध्यापक नभएको समयमा निमित्त प्रधानाध्यापकलाई दवाव दिई आफ्नै शेयर रहेको नारायणी एग्रो कम्पनीको नाममा निकासा गराई सो रकमबाट सम्झौताबमोजिमको पूर्ण काम नै नगरी रु.५,००,०००/- रकममध्ये रु.८७,५२५।६३ को मात्र काम गरी/गराई बाँकी रकमको झुठा विल भरपाई पेश गरी भुक्तानीसमेत लिई रु.४,१२,४७४।३७ (चार लाख बाह्र हजार चार सय चौरहत्तर रूपैयाँ सैतिस पैसा) सरकारी रकम विद्यालयलाई हानी पुर्‍याई आफूलाई गैरकानूनी लाभ लिन मतियारको कार्य गरेको स-प्रमाण पुष्टि हुन आएकाले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) को कसुरमा ऐ. ऐनको दफा २२ बमोजिम बिगो असुलउपर र कैद जरिवानाको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

 

Download
  

Other Press Release

नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० का वडा अध्यक्ष कौशल कुमार धोवीसमेत ४ जना उपर गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/10
नापी कार्यालय चावहिल २ र ३ नं. नापी टोली गोकर्ण (माकलबारी) मा कार्यरत अमिन टोप जङ खत्री उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/07
आठबीसकोट नगरपालिका रूकुम पश्चिमका नगर प्रमुख रवी के.सी., पशु अस्पताल तथा पशु सेवा कार्यालय रूकुम पश्चिमका तत्कालीन निमित्त कार्यालय प्रमुख सुवर्ण सिंह ठकुरी र ज्ञानु कुमार शर्मासमेत ११ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/06
जिल्ला सप्तरी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, राजविराजका कार्यालय प्रमुख डा. राम पवित्र दाससमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/05
गढवा गाउँपालिका, दाङका तत्कालीन अध्यक्ष सहजराम अहिरसमेत ५ जना र सगुन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रा.लि., बुटवल, रूपन्देही उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/04
सव-डिभिजन वन कार्यालय, बन्दीपुर, सिरहाका कार्यालय प्रमुख (अधिकृत आठौ प्राविधिक) राम केवल राय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/03
जिल्ला सुर्खेत, मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्षहरू खीम बहादुर सावद, पदम सिं सावद, हर्क बहादुर बुढासमेत ११ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/03
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत इन्जिनियर (कम्प्युटर) राकेश कुमार दास उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/31