प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) चितवनका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेसमेत ३ जना उपर बिगो रु.४,१२,४७४।३७ कायम गरी गैरकानूनी लाभ तथा हानी सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०९।२९ गते ।
----------------------------------------------
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (तरकारी जोन), चितवनका कार्यालय प्रमुख सोमनाथ घिमिरे र जोन सञ्चालक समितिका अध्यक्ष बालिका कुमारी गिरीसमेतले कतिपय योजनामा विल पेश गरेर मात्रै कामै नगरी किर्ते गरी रकम हिनामिना गरेको, साथै पदको दुरुपयोग गरी आफ्नै लगानी रहेको नारायणी एग्रो कम्पनीलाई अधिकांश योजना वितरण गरी हिनामिना गरेको र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई, तरकारी जोन, पार्वतीपुर, चितवनबाट प्राविधिक शिक्षालयका नाममा प्राप्‍त हुने रकम लक्ष्मी माध्यमिक विद्यालय, जगतपुर, चितवनको खातामा जानुपर्ने व्यवस्था रहेकोमा सो नगरी सिधै नारायणी एग्रो कम्पनीको नाममा भुक्तानी दिई भ्रष्‍टाचार गरेको भन्‍ने समेत व्यहोराका उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) चितवनका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई, तरकारी जोन, पार्वतीपुर, चितवनबाट आ.व. २०७३/०७४ को प्राविधिक शिक्षालयका नाममा प्राप्‍त हुने रु.५,००,०००/- रकमले लक्ष्मी माध्यमिक विद्यालय, जगतपुर, चितवनको हाताभित्र निर्माण गर्नुपर्ने आधुनिक नर्सरी घर निर्माण सम्झौता अनुसार नगरी तथा उक्त रकम लक्ष्मी माध्यामिक विद्यालय जगतपुरको खातामा नपठाई नारायणी एग्रो कम्पनीको नाममा निकासा गराई सो रकमबाट सम्झौताबमोजिमको पूर्ण काम नै नगरी रु.५,००,०००।- रकम मध्ये रु.८७,५२५।६३ को मात्र काम गरी बाँकी रकमको झुठा विल भरपाईको आधारमा भुक्तानी समेत दिई रु.४,१२,४७४।३७ (चार लाख बाह्र हजार चार सय चौरहत्तर रूपैयाँ सैतिस पैसा) सरकारी रकम हानि नोक्सानी गरेको स-प्रमाण पुष्टि हुन आएकाले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र ऐ ऐनको दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिम बिगो असुलउपर र कैद जरिवानाको मागदाबी लिइएको छ ।

त्यसैगरी नारायणी एग्रो कम्पनी, जगतपुर, चितवनका मेनेजिंग डाईरेक्टर बालिका कुमारी गिरीले उक्त परियोजनाको रकम नारायणी एग्रो कम्पनीको नाममा निकासा गराई सो रकमबाट सम्झौताबमोजिमको पूर्ण काम नै नगरी रु.५,००,०००/- रकममध्ये रु.८७,५२५।६३ को मात्र काम गरी/गराई बाँकी रकमको झुठा विल भरपाई पेश गरी भुक्तानीसमेत लिई रु.४,१२,४७४।३७ (चार लाख बाह्र हजार चार सय चौरहत्तर रूपैयाँ सैतिस पैसा) सरकारी रकम विद्यालयलाई हानी पुर्‍याई आफूले गैरकानूनी लाभ लिएको स-प्रमाण पुष्टि हुन आएकाले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम बिगो असुलउपर र कैद जरिवानाको मागदाबी लिइएको छ ।

साथै नारायणी एग्रो कम्पनी, जगतपुर चितवनका संस्थापक सदस्य गोपीनाथ भुसालले उक्त परियोजनाको प्राविधिक शिक्षालयको नाममा प्राप्त हुने रकम विद्यालयका प्रधानाध्यापक नभएको समयमा निमित्त प्रधानाध्यापकलाई दवाव दिई आफ्नै शेयर रहेको नारायणी एग्रो कम्पनीको नाममा निकासा गराई सो रकमबाट सम्झौताबमोजिमको पूर्ण काम नै नगरी रु.५,००,०००/- रकममध्ये रु.८७,५२५।६३ को मात्र काम गरी/गराई बाँकी रकमको झुठा विल भरपाई पेश गरी भुक्तानीसमेत लिई रु.४,१२,४७४।३७ (चार लाख बाह्र हजार चार सय चौरहत्तर रूपैयाँ सैतिस पैसा) सरकारी रकम विद्यालयलाई हानी पुर्‍याई आफूलाई गैरकानूनी लाभ लिन मतियारको कार्य गरेको स-प्रमाण पुष्टि हुन आएकाले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) को कसुरमा ऐ. ऐनको दफा २२ बमोजिम बिगो असुलउपर र कैद जरिवानाको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

 

Download
  

Other Press Release

कारागार कार्यालय, कुश्मा, पर्वतका कार्यालय प्रमुख तथा मूल्याङ्कन समितिका अध्यक्ष शिला श्रेष्ठसमेत ५ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/18
जिल्ला बझाङ बित्थडचिर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसमेत ६ जना उपर गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/17
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक भई हाल नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई प्रमुख बिनेश मुनंकर्मी उपर रु.२,५०,३४,५१७।१९ बिगो कायम गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/16
जिल्ला धनुषा, विदेह नगरपालिका-२ स्थित शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुरसमेत २ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/15
गोकर्णेश्‍वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौंका तत्कालीन नगर प्रमुख (मेयर) काठमाडौ जिल्ला निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित विघटित प्रतिनिधि सभाका सदस्य एवं संघीय संसद अन्तर्गतको अर्थ समितिका तत्कालीन सभापति सन्तोष चालिसे उपर रू.३,६८,४७,७६१।७१ बिगो कायम गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/14