जिल्ला सुनसरी, इलाका प्रहरी कार्यालय, सितागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादव रु. ४०,०००।– अतिरिक्त रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।१२।२६ गते ।
------------------------------------------
 
जिल्ला सुनसरी, ईलाका प्रहरी कार्यालय, सितागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादवले इलाका प्रहरी कार्यालय सितागञ्जमा परेको उजुरी मिलाई दिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज प्रहरी जवान कासिन्दर यादवलाई सेवाग्राहीसँग रु. ४०,०००।– (चालीस हजार रुपैयाँ) अतिरिक्त रकम लिइसकेको अवस्थामा विराटनगर महानगरपालिका वडा नं. ४ स्थित नोबेल मेडिकल कलेजको गेट नजिकबाट उक्त रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
 
प्रवक्ता 
नारायण प्रसाद रिसाल

Download