महोत्तरीमा भष्टाचार नियन्त्रण र सुशासन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
मिति २०७६।०७।०५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासको आयोजनामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन सम्बन्धी १(एक) दिने अन्तरक्रिया कार्यक्रम महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर स्थित जिल्ला समन्वय समिति, महोत्तरीको सभाहलमा सम्पन्न भएको छ । सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहन्यायधिवक्ता दिनेश प्रसाद घिमिरेज्यूको अध्यक्षता र जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुरेश प्रसाद सिंहको प्रमुख आतिथ्यतामा स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरुलाई लक्षीत गरी सञ्चालन भएको उक्त कार्यक्रममा जिल्ला स्थित स्थानीय तहका प्रमुख एवं अध्यक्षहरु, आयोगको कार्यालय बर्दिवासका प्रमुख सहसचिव नारायण प्रसाद सापकोटा, प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री, विभिन्न स्थानीय तहका वडाअध्यक्षहरु, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु लगायत अन्य सरोकारवालाहरु सहित गरी ११७ (एक सय सत्र) जनाको उपस्थिति रहेको थियो ।
आयोगको प्रवर्धनात्मक रणनीति अन्तरगत संचालित उक्त कार्यक्रममा आयोगको कार्यालय, बर्दिवासका उपसचिव हरि प्रसाद घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने आयोगको कार्यालय बर्दिवासका प्रमुख नारायण प्रसाद सापकोटाज्यूले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनमा सम्पूर्ण सरोकारवालाहरुको सक्रीयता, इमान्दारीता र प्रतिवद्धता आवश्यक रहने निष्कर्ष सहितको भष्टाचार नियन्त्रणमा आयोगको गतिविधिहरु समावेश भएको कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्र प्रस्तुती पश्चात भएको छलफल कार्यक्रममा सहभागीहरुले सक्रियताका साथ भ्रष्टाचारका गतिविधिहरु र आयोगको काम कारवाहीको बारेमा जिज्ञासा राख्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारीहरुले मन्तव्य राख्दै भ्रष्टाचार विरुद्धको अभियानमा ऐक्यबद्धता जनाउनुभएको थियो । अन्तमा, कार्यक्रमका अध्यक्ष तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका सहन्यायधिवक्ता दिनेश प्रसाद घिमिरेज्यूले मन्तव्य राख्दै आयोगको कार्यक्षेत्र भित्रका भ्रष्टाचारजन्य तथा अनियमितताका गतिविधिमा संलग्न आयोग भित्र वा बाहिर जहाँसुकै वा जुनसुकै ओहदाका पदाधिकारी तथा कर्मचारीहरुलाई कानूनी कारवाहीमा ल्याउने कुरामा आयोग कटिवद्ध रहको कुरा बताउनु हुँदै आयोगले आफ्नो संस्थागत रणनीति अनुरुप नै प्रवर्द्धनात्मक, निरोधात्मक र दण्डात्मक कार्यहरु इमान्दारीका साथ सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
Tweet
Other News
सुशासनमा सहकार्य-शिवराम न्यौपाने
2024/01/03 |
भ्रष्टाचार न्यूनीकरणका उपाय-शङ्करप्रसाद भेटवाल
2023/10/07 |
बौद्धिक भ्रष्टाचारका पाटाहरू-कुलचन्द्र पराजुली
2023/08/23 |
सुशासनको नारा र व्यवहार-शिवराम न्यौपाने
2023/08/13 |
सार्वजनिक खरिदमा पारदर्शिता- त्रिलोचन पौड्याल
2023/06/21 |
भ्रष्टाचार नियन्त्रणमा साझा प्रयास-डा. अर्जुनकुमार खड्का
2023/05/26 |
नेपालमा विकास आयोजनाका समस्या - सागर पण्डित
2023/05/10 |
सुशासनका लागि प्रविधिको उपयोग - विनोद पोख्रेल
2023/04/11 |
भ्रष्टाचार नियन्त्रणमा नारी - कल्पना भण्डारी
2023/03/07 |
सुशासन एक सपना- उमेशप्रसाद मैनाली
2023/01/23 |