श्री सुलक्षणा माध्यमिक विद्यालय विदुर, नुवाकोटका तत्कालीन प्रधानाध्यापक हरिराम भण्डारी समेत ३ जना उपर आरोप-पत्र दायर गरिएको


प्रेस विज्ञप्ति:- मिति २०७६।०५।२० गते ।
------------------------------------------

श्री सुलक्षणा माध्यमिक विद्यालय विदुर नगरपालिका वडा नं. ९ नुवाकोटका प्रधानाध्यापक हरिराम भण्डारीले स्थायीरूपमा शिक्षक भई अध्यापन गर्दाको बखत ३ वर्षे बेतलवी विदा लिई बैदेशिक रोजगारको लागी मलेशिया गएको र सेवानिवृत हुने समयमा सो अवधिसमेत गणना गरेको र आफू सोही विद्यालयको प्र.अ. हुँदा सवै कागजात नष्ट गरेको  देखिँदा आवश्यक छानविन गरी कारबाही गरिपाँउ भन्ने भने उजुरी उपर अनुसन्धान हुँदा श्री सुलक्षणा माध्यमिक विद्यालय विदुर नगरपालिका वडा नं. ९ नुवाकोटका स्थायी शिक्षक तथा तत्कालीन प्रधानाध्यापक हरिराम भण्डारीले राजीनामा दिएपश्चात निजलाई सेवासुविधा उपलब्ध गराउने निवृत्तभरण प्रयोजनका लागि उक्त विद्यालयका निमित्त प्रधानाध्यापक केशव बहादुर बस्नेतले तयार गरी विद्यालय निरीक्षक कुमार प्रसाद तिमिल्सिनाले सिफारिस गरी जिल्ला शिक्षा अधिकारीले व्यहोरा प्रमाणित गरेको र सोही आधारमा विद्यालय शिक्षक कितावखानाबाट निजले शिक्षक सेवानिवृत सेवासुविधा लिएको देखिन आएकोले आफू र अन्य व्यक्तिलाई गैरकानूनी लाभ पुर्‍याउने बदनियतसाथ नेपाल सरकारलाई गैरकानूनी हानी पुर्‍याउने कार्य गरेको देखिंदा सो कार्यमा संलग्न देहाय बमोजिमका व्यक्तिहरू उपर देहाय बमोजिमको मागदाबी लिईएको छ।

श्री सुलक्षणा माध्यमिक विद्यालय विदुर नगरपालिका वडा नं. ९ नुवाकोटका स्थायी शिक्षक तथा तत्कालीन प्रधानाध्यापक हरिराम भण्डारीले आफूलाई गैरकानूनी लाभ पुर्‍याउने बदनियतसाथ नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पुर्‍याउने कार्य गरेको पुष्टि भएको हुँदा निज हरिराम भण्डारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर अपराधमा विगो रु.२३,९९९।६७ (तेइस हजार नौ सय उनान्सय रुपैया, पैसा सतसठ्ठी) कायम गरी सोही ऐनको दफा १७ ले निर्दिष्ट गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफा ३ को उपदफा (१) खण्ड (क) बमोजिम सजाय गरी हानिनोक्सानी गरेको विगो रकम रु.२३,९९९।६७ (तेइस हजार नौँ सय उनान्सय रुपैया, पैसा सतसठ्ठी) सोही ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदावी लिइएको ।

श्री सुलक्षणा माध्यमिक विद्यालय विदुर नगरपालिका वडा नं. ९ नुवाकोटका स्थायी शिक्षक केशव बहादुर बस्नेतले नेपाल सरकारलाई गैरकानूनी हानी पुर्‍याउने र प्रतिवादी हरिराम भण्डारीलाई गैरकानुनी लाभ पुर्‍याउने बदनियतले कार्य गरेको पुष्टि भएको हुँदा निज केशव बहादुर बस्नेतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरको मतियार हुने कार्य कसुर गरेको पुष्टि हुन आएकोले निज केशव बहादुर बस्नेतलाई बिगो रु.२३,९९९।६७ का आधारममा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम सोही ऐनको दफा १७ ले निर्दिष्ट गरेअनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिइएको ।

साविक जिल्ला शिक्षा कार्यालय, विदुर, नुवाकोटका तत्कालीन विद्यालय निरीक्षक कुमार प्रसाद तिमिल्सिनाले शिक्षक तथा तत्कालीन प्रधानाध्यापक हरीराम भण्डारी पटक पटक गरी ३ वर्ष असाधारण विदा लिई बसेको अवस्थामा कुनै पनि विदा नलिएको व्यहोरा उल्लेख गरी विद्यालयले निवृत्तभरण प्रयोजनका लागि तयार पारेको बिदाको फारममा सिफारिस गरी जिल्ला शिक्षा अधिकारीसमक्ष पेश गरेको देखिन आएबाट निज प्रतिवादी कुमार प्रसाद तिमिल्सिनाले नेपाल सरकारलाई गैरकानूनी हानी पुर्‍याउने र प्रतिवादी हरिराम भण्डारीलाई गैरकानुनी लाभ पुर्‍याउने बदनियतले कार्य गरेको पुष्टि हुन आएको हुँदा निज प्रतिवादी कुमार प्रसाद तिमिल्सिनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरको मतियार हुने कार्य कसुर गरेको पुष्टि हुन आएकोले निज कुमार प्रसाद तिमिल्सिनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम सोही ऐनको दफा १७ ले निर्दिष्ट गरेअनुसार बिगो रु.२३,९९९।६७ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release

जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21