श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०१।१० गते।
------------------------------------------
 
जिल्ला पर्सा, धोबिनी गाउँपालिका स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरीमा कार्यरत शिक्षक जनार्दन प्रसाद कानुको अध्यापन अनुमति पत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानुले प्राथमिक तह अध्यापन अनुमति पत्र नक्कली पेश गरी नियुक्ति लिएको देखिएबाट निज जनार्दन प्रसाद कानुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निजलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
 
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला ताप्लेजुङ, फुङलिङ नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, ताप्लेजुङका (अधिकृत स्तर छैटौं) इन्जिनियर मो.अख्तर हुसैन उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/07/23
जिल्ला धनुषा, श्री माध्यमिक विद्यालय बरमझियाका राहत शिक्षक ब्रहमदेव यादव उपर झुट्टा तथा नक्कली अध्यापन अनुमति पत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/07/09
जिल्ला कास्की, दुर्गा आधारभूत विद्यालयका तत्कालीन शिक्षक बोधराज पौडेल उपर झुट्टा विबरण पेश गरी शिक्षक नियुक्ति लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/07/09
नरहा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, सिरहाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेश कुमार झा र तत्कालीन लेखापाल सुरेश कुमार कुसियैत उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/07/09
पशु अस्पताल तथा पशुसेवा कार्यालय, मुगुका कार्यालय प्रमुख भिम चन्द्र बुढासमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/07/07
जिल्ला काठमाडौं, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नयाँ बानेश्वरमा सहायक (चौथो) पदमा कार्यरत चन्दा शाह उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/07/07
प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, जलेश्वर, महोत्तरीमा होमियोप्याथी चिकित्सक (अधिकृत आठौं) पदमा कार्यरत संगिता कुमारी साह उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/07/07