जिल्ला स्याङजा वालिङ नगरपालिका वडा नं. ८ बस्ने जहरुदिन तेलीउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।२३ गते ।
-------------------------------------------

जिल्ला रुपन्देही, बसन्तपुर गाउँपालिका वडा नं. ४ स्थायी वतन भई हाल जिल्ला स्याङजा वालिङ नगरपालिका वडा नं. ८ बस्ने जहरुदिन तेलीले वडा प्रहरी कार्यालय वालिङ, स्याङजाका कार्यालय प्रमुख प्रहरी निरीक्षक आफ्नै कार्यकक्षमा कामकाज गरी बसिरहेको अवस्थामा कार्यक्षमा आई गोरु व्यापार गर्न सहयोग गर्नुपर्‍यो भन्दै रु.१५,०००।–(पन्ध्र हजार) दिएकोमा तत्काल निज जहरुदिन तेलीलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय वालिङ स्याङजाको पत्रसाथ अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उक्त रकमसहित दाखिला हुन आएको हुँदा सो सम्बन्धमा थप अनुसन्धानको लागि नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा जहरुदिन तेलीले गोरु व्यापारमा सहयोग गरिदिन भनी वडा प्रहरी कार्यालय वालिङ, स्याङजाका प्रहरी निरीक्षकलाई घुस/रिसवत दिएको पुष्टि भएको हुनाले निज जहरुदिन तेलीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेको देखिंदा निजलाई बिगो रु. १५,०००।– (पन्ध्र हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१)  र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गरी घुस/रिसवत बापत दिएको बिगो रकम सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुनसमेत मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21