जिल्ला सप्तरी महादेवा गाँउपालिका वडा नं.६ का वडासचिव नायव सुब्बा नवोनाथ मिश्रउपर बिगो रु. २,००,०००।– कायम गरी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०७६।०९।२३ गते ।
-------------------------------------------
जिल्ला सप्तरी महादेवा गाँउपालिका वडा नं.६ का वडासचिव नायव सुब्बा नवोनाथ मिश्रले जन्मदर्ता प्रमाण-पत्र बनाईदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज नायव सुब्बा नवोनाथ मिश्रलाई रु.२,००,०००/- (दुई लाख) घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानको सिलसिलामा जिल्ला सप्तरी महादेवा गाउँपालिका वडा नं. ६ का वडासचिव नवोनाथ मिश्रले आफ्नो जिम्मेवारी र पदीय दायित्व विपरीत सेवाग्राहीको जन्म दर्ता गराई दिनको लागि घुस/रिसवत बापतको रकम माग गरी सो रकम लिएको अवस्थामा निजबाट बरामद भएको पुष्टि हुन आई निज नवोनाथ मिश्रले गरेको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको देखिंदा बिगो रु. २,००,०००।– (दुई लाख) कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Tweet